९ मंसिर २०८१ आइतबार
image/svg+xml

दुर्गम नेपालमा टेलिकमको सेवा

मुलुकका अत्यन्त दुर्गम र विकट स्थानका बस्तीहरूमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्‍याउन नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी यस आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ।

दुर्गमको पीडा: डोल्पामा सधैं टिकटकै सास्ती

बिहान ४ बजेदेखि नै विमानस्थलको मूलढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन्। टिकटका लागि उनीहरु राति जाग्राम बस्छन्। 'उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन', समिट एयरका प्रमुख पूर्णजङ्ग शाहीले भने, 'हामीसँग जम्मा १७ सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन। सक्दो मिलाउने प्रयासमा हुन्छौँ।'

संभव नेपालद्वारा दुर्गमका विद्यार्थीलाई न्यानो पोशाक बितरण

संभव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १, २ र ३ का विद्यार्थीलाई ट्रयाकसुट, टोपी, होमवर्क डायरी र स्कुल ब्याग बितरण गरेको छ।

दुर्गमका जग्गालाई समेत धितो मान्न बैंकलाई आग्रह

सडकले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकारगर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।

दुर्गम क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम 'बरदान' सावित

दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका आर्थिक विपन्न गर्भवती र सुत्केरी महिलाहरुको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम बरदान सावित भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन्।

दुर्गम कर्णालीका जिल्लामा उड्दैनन् सरकारी जहाज

नेपाल एयरलाइन्सले नियमित तालिका बमोजिम उडान नभर्दा कर्णालीका विमानस्थलमा यात्रुले चर्को भाडातिरेर यात्रा गर्न बाध्य हुनु परेको छ।

कोभिड प्रतिकार्यमा जुट्दै दुर्गमका स्वास्थ्य संस्था

जुम्लामा दुरदराजमा रहेका स्वास्थ्य संस्था कोभिड १९ प्रतिकार्यका लागि जुटेका छन्। उनीहरु कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री संकलन गर्नेदेखि उच्च सतर्कता अपनाउनको लागि सचेतना फैलाउनेसम्मको कार्य गर्न थालेका हुन्।

सृष्टि चलाउने 'पाठेघरको घाउ'

अति भए पछि एकदिन उनले पसलबाट नयाँ ब्लेड किनेर ल्याईन् अनि बाहिर झरेको पाठेघर काटेर फाल्न थालिन्। ‘दिन दिनै हुने दुखाईभन्दा एकदिनको दुखाई सहन्छु भनेर काट्न थाले तर आधी भाग काटेपछि रगत धेरै बग्यो।’ उनी आफ्नै घाउसँग डराएर चिच्याईन्, कराईन्।

दुर्गममा हेलिकोप्टर नै एम्बूलेन्स!

स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई जिल्ला अस्पताल वा अन्य स्वास्थ्य संस्थाले अन्यत्र रेफर गर्छ। तर, सडकको दूरावस्था भएका कारण रेफर गरिएका गम्भीर प्रकृतिका बिरामीलाई गाडीमार्फत सुविधा सम्पन्न अस्पताल पुर्‍याउने सहज अवस्था अझै बनिसकेको छैन।

लालसाविहीन दुर्गमका मुहार

पीडाको पहाडले थिचिएको दुर्गम बस्तीभित्रका अबोध नागरिक। लालसाविहीन मुहारभित्र लोलाएका नजर। छलकपट र स्वार्थ कहीं कतै देखिंदैन यहाँ। १० वर्ष चलेको आन्तरिक द्वन्द्वले रुकुमका दुर्गम गाउँ आज पनि पुरानै अवस्थामा छन्। निस्वार्थीहरूको बस्तीमा नजर नपुगेका कारण परिवर्तनले गोरेटो कोरेको छैन।

दुर्गममा भिडियो एक्सरे सेवा

स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको स्वास्थ्यचौकी इन्चार्ज बीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए।

दुर्गमका मन्दिर असुरक्षित, हराउँछन् बहुमूल्य धातु र मूर्ति

सम्पदा संरक्षणमा चासो नहुँदा मूर्ति चोरी भएको स्थानीयहरू बताउँछन्। यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुरक्षा गर्नुपर्ने उनीहरूको माग छ। मूर्ति चोरीका विषयमा अनुसन्धान भइरहेको डोल्पाका प्रहरी निरिक्षक हरिराम डाँगीले जनाए।

म्याग्दीको दुर्गम धौलागिरीमा भिडियो एक्सरे सेवा, गर्भवती महिला लाभान्वित

म्याग्दीको दुर्गम गाउँपालिका भनेर चिनिने धवलागिरी गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरेको छ। गाउँपालिकाको वडा नं ७ ताकममा रहेको अस्पतालमा माइनर अप्रेशसन सहित भिडियो एक्सरे सेवा सुरू गरेको हो।

दुर्गममा अस्पताल: जटिलताका बीच पनि गतिलो सेवा दिँदै

कोरोना संक्रमणले देशैभरका अस्पताल स्वास्थ्य संस्थामा सकस उत्पन्न गराएको छ। सुगमभन्दा दुर्गमका अस्पताल र स्वास्थ्य संस्थाहरु बिभिन्न अभावका बीचमा गुज्रिरहेका छन्।

दुर्गममा जाँदैनन् डाक्टर! गाउँमा अझैँ नियन्त्रणमा छैन कोरोना

पाल्पाका अधिकांश पालिकाहरुले कोभिड १९ सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अक्सिजनसहितको कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाले स्वास्थ्यकर्मी, अक्सिजन, स्वास्थ्य सामग्रीसहितको कोरोना अस्पताल निर्माण गरी संचालनमा ल्याएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्