एसियाली निर्वाचन सम्मेलनको ‘काठमाडौं घोषणापत्र’ जारी
‘दिगो लोकतन्त्रको निर्माण, निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ नाराका साथ एसियन नेटवर्क फर फ्रि इलेक्सनद्वारा बुधबारदेखि काठमाडौंमा आयोजित एसियाली निर्वाचन सरोकारवाला मञ्चको दुईदिने छैठौं सम्मेलन ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै बिहीबार सकिएको छ ।