सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण
कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ।
कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ।
तिला गाउँपालिका–९ खोप्री गाउँमा उत्पादित स्याउ ढुवानीका लागि साधन नहुँदा थन्किएको छ । गाउँसम्म मोटरबाटो नपुगेको र वैकल्पिक ढुवानीको साधन उपलब्ध नहुँदा स्याउ बजारसम्म पु¥याउन नसकिएको हो ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री हेलिकोप्टरमार्फत हिमाली र दुर्गम पहाडी जिल्लाहरुमा ढुवानी गरिएको छ । मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।
पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुपमा दिएको अनुमति रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन्।
कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ । नेपालका लागि विदेशबाट मालसामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि व्यवसायी विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् ।
वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहबाट निकासी हुने एउटै प्रकृति र वजनका मालसामान ढुवानीमा मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले दुईथरी नियम लगाएको छ । खाना पकाउने ग्यास, पेट्रोलियम ट्यांकी आदि बनाउन प्रयोग हुने एचआर सिट ढुवानीमा पथलैयास्थित मध्यक्षेत्रीय ट्राफिकले दुईथरी नियम राखेपछि उही वस्तु उत्पादन गर्ने एउटा उद्योगलाई फाइदा र अर्कोलाई नोक्सानी हुने गरेको हो ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको नेतृत्वमा भएका अनियमितता एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । जग्गा खरिदमा करोडौं घोटाला भएको सेलाउन नपाउँदै निगमभित्रको अर्को लुटको रहस्य खुलासा भएको छ।
पाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । जग्गादातादेखि संसदीय समितिको एउटै निष्र्कष छ– ‘जग्गा खरिदमा करोडौं अनियमितता भएकै हो ।’ संसद्को सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्यो ।
भारतले समुद्री बाटो हुँदै तेस्रो मुलुबाट आयात हुने वस्तु ढुवानीमा ४.५ प्रतिशत सेवा शुल्क लगाउन थालेको छ। तेस्रो मुलुकबाट आयात हुने वस्तुमा भारतले बिमा र थ्रेटका नाममा सेवा शुल्क लगाउन थालेको पूर्वका उद्योगी व्यवसायीले जनाएका छन्।
आइतबारदेखि रक्सौलका स्थानीयले दिएको धर्ना हटेको छ। धर्ना हटेसँगै अवरुद्ध रहेको ढुवानी पुनः सूचारु भएको छ। रक्सौल स्टेशनको मालगोदाममा नेपालका लागि आउने क्लिंकरलगायत बस्तुको धुलोले हुने प्रदुषणबाट असह्य भएपछि स्थानीयबासीले ढुवानी रोक्न भन्दै धर्ना दिएका थिए।
आइतबार बिहानदेखि रक्सोलका स्थानीयले भारतीय कस्टम नजिकै धर्ना दिँदै भारतीय रेल्वेमार्फत नेपालका लागि आउने माल सामानको ढुवानीमा अवराेध गरेका छन्। तर, सडकमार्गबाट हुने ढुवानी भने सुचारू छ। वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच रहेको प्रदुषण सम्बन्धी बिवादको चपेटामा नेपाली आयात परेपछि आयातकर्ता चिन्तित बनेका छन्।
भारतीय सहर रक्सौलका स्थानीय र भारतीय रेल्वेबीचको प्रदूषण विवादको चपेटामा नेपाली आयातकर्ता पर्ने देखिएको छ। रक्सौलका स्थानीयले रेल्वे यार्डबाट उत्पन्न प्रदूषण रोक्न यसअघि चरणबद्ध आन्दोलन गर्दै आएकोमा यसपालि ढुवानी नै रोक्न लागेका हुन्।
सरकारले इन्धन ढुवानीमा सुरक्षा निकायलाई ल्याउने तयारी गरेको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा व्यवसायीसहित सुरक्षा निकायका लोककल्याणकारी संस्थालाई दिन लागेको हो ।
नेपाल खाद्य संस्थानले चामलको मूल्यभन्दा चार गुणा बढी रकम खर्चिएर कर्णालीमा चामल ढुवानी गरेको छ। प्रतिकिलो ४१ रुपैयाँको चामल हुम्ला पुर्याउन १ सय ६० रुपैयाँ बढी खर्च गरेको हो। कर्णालीवासीलाई खाद्यान्न व्यवस्था गर्न सरकारले चामलको मूल्यभन्दा चार गुणा रकम तिरेर ढुवानी गरेको छ।
वीरगन्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले सिण्डिकेट खडा गरी ढुवानी भाडा दोब्बर बनाएपछि आयात महँगिएको आयातकर्ताहरुले गुनासो गर्न थालेका छन्।