११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसले भन्यो, ‘हुँदैन’

सत्तारूढ दल नेपाली कांग्रेसले चुनाव मिति सार्ने मधेसी मोर्चाको प्रस्तावलाई ठाडै अस्वीकार गरेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेताहरूबीच भएको वार्तामा कांग्रेस नेताहरूले मतदाता नामावलीमा नाम थप्न समय दिने मधेसी मोर्चाको प्रस्ताव अस्वीकार गरेका हुन्।

सात प्रदेशमा कांग्रेसका सात सभा, शीर्ष नेताले सम्बोधन गर्ने

नेपाली कांग्रेसले चैत २७ देखि बैशख २ गते भित्र सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ। पार्टी नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको निर्वाचन परिचालन समितिको सोमबारको बैठकले प्रदेश नम्बर सातबाट सुरु गरे एक नम्बर प्रदेशमा सभा समापन गर्ने कार्यतालीका सार्वजनीक गरेको हो।

कांग्रेसको घोषणापत्र विकास केन्द्रित हुने

नेपाली कांग्रेसले जनतालाई न्याय र गाउँसम्मै विकास पु¥याउने योजना र कार्यक्रमसहित स्थानीय तहको घोषणा पत्र तयार गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको घोषणा पत्र मस्यौदा समितिको पहिलो बैठकले मुलुकका समस्यालाई उजागर गर्दै समाधानका उपाय समेटेर घोषणा पत्र तयार गर्न लागेको हो।

कांग्रेसको निर्वाचन घोषणा पत्र लेखन समिति ३५ सदस्यीय

स्थानीय तह निर्वाचन घोषणा पत्र लेखन समितिलाई कांग्रेसले पूर्णता दिएको छ। केन्द्रीय सदस्य महेश आर्चायको संयोजकत्वमा रहेको समितिलाई शनिबार विस्तार गरी ३५ सदस्यीय पुर्‍याइएको हो।

कांग्रेसमा चुनाव तयारी तीव्र

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन तयारी तीव्र बनाएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबारको बैठकले निर्वाचनमा पार्टीलाई पहिलो बनाउनका लागि केन्द्रदेखि वडा तहसम्मका निकायलाई परिचालन गर्ने निर्णय गरेको हो ।

प्रतिस्पर्धा कांग्रेससँग : एमाले

एमालेले प्रदेश दुईमा चुनावी प्रतिस्पर्धा नेपाली कांग्रेससँग रहेको निष्कर्ष निकालेको छ। महोत्तरीको बर्दिवासमा बिहीबार सम्पन्न एमालेको दुईदिने प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले यस्तो निष्कर्ष निकालेको हो।

कांग्रेस नेता शाहको अन्त्यष्टी, हत्याकाे सर्वत्र निन्दा

मंगलबार साँझ विभत्स हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका  नेता  रविन्द्रसम्सेर शाहको  अन्त्यष्टी गरिएको छ। उनको शव यात्रामा हजारौं नागरिकको सहभागिता थियो।

नेता शाहका हत्यारालाई समाउन जाजरकोट कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

मंगलबार साँझ विभत्स ढंगले हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टाभित्र नसमाते कडा आन्दोलन गर्ने काँग्रेसका नेता कार्यकर्ताहरुले स्थानीय प्रशासनलाई चेतावनी दिएका छन्।

काँग्रेस नेता शाहको हत्या विरोधमा जाजरकोट बन्द

अज्ञात समूहद्वारा मंगलवार साँझ नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र सम्सेर शााहको हत्या गरेको विरोधमा  बुधवार जाजरकोट बन्द भएको छ ।

एउटा कांग्रेसीको बयान

गरिब, विपन्न, अशिक्षित, बेरोजगार, स्वास्थ्य उपचार नपाउने, दूरको बस्ती, निरीहहरुको लोक खोटाङबाट सम्झिएको छु। नमस्कार! जय नेपाल! नेपाली कांग्रेसको राजनीतिबाट देशलाई बदल्छु भन्ने तपाईंहरु कांग्रेस भित्रका आशा र भरोसाका पुञ्ज हुनुहुन्छ, चम्किला नक्षत्र हुनुहुन्छ। तपाईंहरुको विषयमा सधैँ यस्तै लेख्न पाउँ, यस्तै सोच्न पाउँ ।

उम्मेदवार छान्न कांग्रेस निर्देशन

कांग्रेसले वैशाख पहिलो साताभित्र स्थानीय तहको उम्मेदवार टुंगो लगाउन मातहतका निकायलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले वैशाख ७ गतेभित्र सबै तहका उम्मेदवारको टुंगो लगाउन जिल्ला र क्षेत्रीय समितिलाई अधिकार दिएको हो।

छलफलमा व्यस्त कांग्रेस

कांग्रेस केन्द्रीय सदस्यहरूले संविधान संशोधन प्रस्ताव टुंगोमा पुर्‍याउन नेतृत्वलाई दबाब दिएका छन्। संविधानप्रति असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउन कांग्रेससमेत सहभागी सरकारले संसद्मा पेस गरेको संशोधन प्रस्ताव अलपत्र छाडेर निर्वाचनमा जान नहुने बहुमत केन्द्रीय सदस्यको राय छ।

कांग्रेसमा माइन्युट समिति गठन

नेपाली कांग्रेसले पार्टीको निर्णय लेख्न पाँच सदस्यीय समिति गठन गरेको छ। समितिमा सशांक कोइराला, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, फर्मुल्लाह मन्सुर र मानबहदुर बिक रहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले नागरिकन्युजलाई जानकारी दिए।

कांग्रेसले तोक्यो चुनावी नेता

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन तयारीका लागि नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ।

पौडेल नेतृत्वमा कांग्रेसको निर्वाचन परिचालन समिति

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दुई समिति गठन गरेको छ। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचिन परिचालन समिति तथा नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्