१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कामदारलाई रकम नदिएको एमनेस्टीको आरोप

एमनेस्टी इन्टरनेसनलले बुधबार कतार विश्वकपका लागि निर्माणाधीन रंगशालाका दर्जनाैं विदेशी कामदारले रकम नपाएको आरोप लगाएको छ।

कतारी राजदूत भन्छन् : अब नेपालीले पिआर पाउँछन् (भिडियाे)

कतार सरकारले आफ्नो देशमा कार्यरत विदेशी कामदारलाई स्थायी  बसोबास अनुमति पिआर दिने भएको छ। विद्यमान आप्रवासी नीतिमा परिमार्जन गर्दै कतारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारलाई पिआर दिने कानुन केही दिनपछि नै कार्यान्वयनमा आउने नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेलले नागरिकलाई बताए। पिआर पाउनका लागि कतारले विभिन्न ५ मापदण्ड तोकेको छ।

मालिकको अनुमति बिनै कामदारले कतार छोड्न पाउने (भिडियाे)

कतारमा कार्यरत आप्रवासी कामदारहरुले काम छोडेर आफ्नो देश फर्किन रोजगारदाताको अनुमति लिनु नपर्ने भएको छ। सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारमा मानव अधिकार हननका घटना बढेको तथा श्रमिकका पक्षमा सुनुवाई नभएको व्यापक गुनासो बढिरहँदा कतार सरकारले विद्यमान कानुनमा परिमार्जन गर्दै अब मुलुक छोड्ने अधिकार पूर्णरुपमा कामदारमा निहित गरिदिएको हो।

कतार एयरवेजको एजेन्ट्स अवार्ड नाइट

कतार एयरवेजले नेपालमा एजेन्ट अवार्ड नाइट आयोजना गरेको छ । कम्पनीले सोमबार काठमाडौंमा उक्त कार्यक्रम गरेको हो।

समस्याको घेरामा कतार विश्वकप

फिफाले रूसमा हालै सम्पन्न विश्व फुटबलको महाकुम्भ विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल र उत्कृष्ट विश्वकपको संज्ञा दिएको थियो । रूस विश्वकपको समापनसँगै निकै विवादित बनेको कतार विश्वकप २०२२ को चर्चा सुरु भएको छ।

कतार एयरवेजद्वारा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई बधाई ज्ञापन गरेको छ।

२०२२ को विश्वकपका लागि कतारले माग्यो नेपाली सुरक्षा गार्ड

सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले नेपाल सरकार समक्ष नेपाली सुरक्षा गार्ड माग गरेको छ। मंगलबार कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री राम बहादुर थापासँग मन्त्रालयमा भेट गरी नेपाली सुरक्षा गार्डको प्रस्ताव गरेका हुन्। हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि कतारमा छन्।

कतारको योजनामा पुनर्विचार आवश्यक

ठूलो संख्यामा दक्षिण अमेरिकी समर्थक आआफ्नो टिमको समर्थनका लागि रूस पुगेको विषयले २०२२ को विश्वकप आयोजक कतारलाई योजना पुनर्विचार गर्नुपर्ने भएको छ।

४८ टोलीका लागि कतार तयार

२०२२ को विश्वकप आयोजक कतारले आफूहरू यसै प्रतियोगितामा सहभागी टोलीका संख्या ४८ पु-याउने विषयमा खुला संवाद गर्न तयार भएको र उक्त संरचनाको प्रतियोगिता एक्लै आयोजना गर्न सक्षम भएको बताएको छ।

युएईविरुद्ध कतार अन्तर्राष्ट्रिय अदालतमा

संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध कतारले बुधबार अन्तर्राष्ट्रिय अदालतमा उजुर गरेको छ ।

वार्ताका लागि कतारका विदेशमन्त्रीको आह्वान

साउदी अरबलगायतका छिमेकीले आफूविरुद्ध लगाएको नाकाबन्दीको एक वर्ष पुगेको दिन कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल्लाह रहमान अल थानीले मंगलबार वार्ताको आह्वान गरेका छन्।

रुसी हतियार ल्याए कतारमाथि सैन्य आक्रमण गर्ने साउदीको चेतावनी

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ।

औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

युएई, साउदी, इजिप्ट र बहराइनबाट आउने सामान कतारमा प्रतिबन्ध

संयुक्त अरब इमिरेट्स, साउदी अरब, इजिप्ट र बहराइनबाट उत्पादन हुने सामानमा कतारले प्रतिबन्ध लगाएको छ।

कतारमा दुई सातादेखि एक युवक सम्पर्कविहिन

मध्यनेपाल नगरपालिका ६ भोर्लेटारबाट रोजगारीका क्रममा कतारमा रहेका एकयुवा १२ दिनदेखि सम्पर्क विहीन रहेका छन्। भोर्लेटारको पाखुरीचोकका राधिका घिमिरेका छोरा ३५ वर्षीया श्रीकृष्ण घिमिरे गत फेबुअरी २४ अर्थात् फागुन १२ गतेदेखि कतारको सनैया सहरबाट सम्पर्क विहीन भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्