१४ आश्विन २०८१ सोमबार
image/svg+xml

इरान सहआयोजक बन्ने अपेक्षा

कतार विश्वकप २०२२ को आयोजक कमिटीले प्रतियोगितामा फिफाबाट सहभागी टोलीको संख्या बढ्ने संकेत पाएसँगै इरानबाट सहआयोजक बन्ने प्रस्तावको अपेक्षा गरिएको तर हालसम्म कुनै निर्णय भने नदिएको बताएको छ।

कतारले ओपेकको सदस्यता त्याग्ने

खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ। कतारका ऊर्जा मन्त्री साद अल काबीले अब कतार ग्यास उत्पादनमा केन्द्रित रहने घोषणा गरे।

शिखर सम्मेलनका लागि मुख्यमन्त्री पौडेल कतार प्रस्थान

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कतारमा हुने ‘वन बेल्ट वन रोड’ शिखर सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गरेका छन्। कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा उनी त्यसतर्फ लागेका हुन्। मुख्यमन्त्री पौडेलसंगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल पनि ४ दिने भ्रमणमा गएका छन्।

कतारले रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपालमै गर्ने

नेपालमा गरिने स्वास्थ्य परीक्षणको गुणस्तरीयता प्रति पटक-पटक प्रश्न उठाउँदै आएको कतारले अन्तत आफ्नो देशमा जाने कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ।

कतारलाई ऐतिहासिक सफलता

कतारले मैत्रीपूर्ण फुटबलमा विश्ववरीयताको आठौँ स्थानमा रहेको स्विट्जरल्यान्डमाथि बुधबार १–० को एेतिहासिक जित निकालेको छ।

काठमाडौंबाटै कतारी भिसाको तयारी

काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ ।

२०२२ मै ४८ राष्ट्र : इन्फान्टिनो

विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले २०२२ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता सम्भव रहेको बुधबार बतएका छन्।

‘कतारमा नेपालको कृषि उपज बजारीकरण गर्न सहकार्य आवश्यक’

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् ।

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो। नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ।

राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेट

कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवान (दरबार) मा भेटवार्ता भएको छ।

कतारका श्रममन्त्रीद्वारा राष्ट्रपति भण्डारीलाई स्वागत

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको शिलशिलामा आज दोहा पुगेकी छन्।  राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमीले स्वागत गरे।

राष्ट्रपति भण्डारी कतार प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणका लागि प्रस्थान गरेकी छन् ।  भण्डारीलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ ।

राष्ट्रपति भण्डारीले कतारको भ्रमण गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन्।

फुटबल विकासका लागि नेपाल र कतारबीच पाँच वर्षे सम्झैता

फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ। कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ।

कतार एयरवेजलाई दुई अवार्ड

कतार एयरवेजले एयरलाइन प्यासेन्जर एक्सपिरियन्स एसोसिएसन (एपेक्स) २०१९ प्यासेन्जर च्वाइस अर्वाड्स (पिसिए) मा दुईवटा अवार्ड पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्