१४ आश्विन २०८१ सोमबार
image/svg+xml

‘नेपालको पानी पिउन कतार आतुर’

खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो। भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन्। उनले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन।

पत्रकार बुढाथोकीलाई कतार च्यारिटीको आर्थिक सहयोग

कतार च्यारिटीले आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई आर्थिक सहयोग गरेको छ। उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल हर्टट्याक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को संयोजनमा च्यारिटीले सहयोग प्रदान गरेको हो।

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : नेपाल अफगानिस्तानसँग पनि पराजित

एएफसी यु–२३ च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा मंगलबार राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो।

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : नेपाल कतारसँग भिड्दै

एएफसी यु–२३ च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो खेलमा आइतबार (आज) नेपालले एसियाली पावर हाउस कतारको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति ९ः३० बजे सुरु हुनेछ।

एएफसी यू–२३ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

जापानलाई स्तब्ध पार्दै कतारले जित्यो एसिया कप फुटबलको उपाधि

कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ। युएईको आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा शुक्रबार बेलुकी सम्पन्न खेलमा चार पटकको विजेता जापानलाई ३–१ ले पराजित गर्दै कतारले उपाधि जितेको हो।

युएईलाई पराजित गरेपछि कतारी समर्थक सडकमा

खेलकुदका साथै राजनीतिको चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई निराश पार्दै कतारले पहिलो पटक एसिया कपको फाइनलमा स्थान सुरक्षित गरेसँगै दोहामा हजारौं समर्थक खुसीयाली मनाउन सडकमा उत्रिएका छन्।

मृगौला पीडितलाई कतारबाट सहयोग

उदयपुरकी एक मृगौला पीडित महिलालाई वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत नेपालीहरूले सहयोग पठाएका छन्। त्रियुगा नगरपालिका ६ लालपत्ताकी दुवै मृगौला पीडित ४३ वर्षीया यसाेदा खड्काको उपचारका लागि कतारमा कार्यरत नेपालीहरूले १ लाख ६५ हजार १ सय २२ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन्।

एसिया कप : कतार र जापानको विजयी सुरुआत

कतार र जापानले एसिया कपमा बुधबार आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी सुरुआत गरेका छन्। सन् २०२२ को विश्वकप आयोजक कतारले लेबननलाई २–० पराजित गर्दै एसिया कपमा विजयी सुरुआत गर्दा एसियाली महारथी जापानले तुर्कमिनिस्तालाई ३–२ ले पराजित गरेको हो।

एसिया कप सुरु, बहराइनसँग बराबरीमा रोकियो आयोजक

एसिया कप खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) पुगेको कतारको टोलीको यात्रा अन्य खाडी मुलुकसँग विद्यमान गतिरोधका कारण छायामा पर्न सक्नेछ।

विदेशी जेलमा पाँच सय ३२ नेपाली

भीमदत्तनगरपालिका–७, कञ्चनपुरकी जानकी नाथसँग अहिले एउटै उद्देश्य छ– कतारको जेलमा रहेका पति पदमलाई जसरी हुन्छ मुक्त गरी सकुशल घर फर्काउने।

रोग लिएर फर्कन्छन् महिला कामदार

विदेशमा २१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया एक महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुगेकी उनी स्वदेश फर्कदा पैसा त ल्याइन तर सँगै रोग पनि ल्याइन् । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उनी २१ घण्टासम्म काममा खट्नु पर्दथ्याे।

कतारको विकासमा नेपालीको ठूलो योगदान छ : राजदूत हेल

सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमा भौतिक संरचना निर्माण गर्न नेपालको ठुलो साथ र सहयोग रहेको भन्दै उनले कतारले पनि नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाए। नागरिक न्युजसँग कुरा गर्दै राजदूत हेलले केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका बेला सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारी भएको स्मरण गर्दै समझदारीले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको बताए।

अमेरिकी उर्जा क्षेत्रमा लगानी गर्ने कतारकाे घाेषणा

खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ।

न्युयोर्कमा कतार एयरवेजको सेवा दशक

कतार एयरवेजले अमेरिकाको न्युयोर्कमा हवाई सेवा सुरु गरेको एक दशक पूरा गरेको अवसरमा एक कार्यक्रम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्