१३ आश्विन २०८१ आइतबार
image/svg+xml

‘नडराऔं, कोरोनालाई जितिन्छ’

रोजगारीका सिलसिलामा कतार पुगका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदे (हाल इटहरी ) का राजकुमार राईले कोरोना भाइरसको सामना गर्नुपर्ला भन्ने सायदै सोचेका थिए । तर, संसारभर आतंक सिर्जना गरिरहेको कोरोना भाइरसबाट राजकुमार पनि टाढा रहन सकेनन् । प्रवासमा काम गरिरकेका समयमा सजगता अपनाउँदा अपनाउँदै कोरोना भाइरसको सामना गर्न वाध्य भए । कतारकै एक अस्पतालमा भर्ना भए ।

कतारमा तीन सय नेपालीलाई खाद्यान्न

कतारमा कोरोना भाइरस (कोभिड–१९)को चपेटामा परेका परेका करिब तीन सय नेपालीलाई खाद्यान्न प्रदान गरिएको छ। कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाएपछि कतारमा अस्थायी ‘लकडाउन’ लागू हुँदा समस्यामा परेका नेपालीलाई गैर–आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको पहलमा चामल, आँटा, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो।

कोरोना संक्रमित युवती सवार विमानमा रहेका एक जना प्रहरीको सम्पर्कमा

फ्रान्सबाट फर्किने क्रममा कतार ऐयरवेजबाट नेपाल फर्किएकी  कोरोना संक्रमित युवतीसंगै यात्रा गरेका अर्का एक जना सम्पर्कमा आएका छन्।

कोरोना संक्रमण देखिएका युवक यूएईबाट आएका थिए

कोरोना भाइरसका संक्रमित भएका व्यक्ति यूएईबाट आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन्। एक प्रेस ब्रिफिङ गर्दै संक्रमित व्यक्ति चैत ६ गते नेपाल आएको बताए। ३२ वर्षका उनी धादिङका हुन्।

कतार एयरलाइन्सबाट आएकाहरूको खोजी गर्दै प्रहरी

चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका एक सय ५८ जनामध्ये चितवनका ६ जनालाई प्रहरीले खोजी कार्य सुरू गरेको छ। कतार एयरलाइन्सको विमानबाट चितवन आएकाहरूमा दीक्षा कँडेल, शम्भु नेपाली, पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला र सुरेश गुरूङ रहेका छन्।

श्रम स्वीकृति लिएका अन्योलमा

कतारले नेपालीलाई प्रवेशमा रोक लगाएको खबर सुनेपछि धादिङ, गजुरीका रामकृष्ण त्रिपाठी निराश छन्। दुई साताअघि बिदामा घर आएका त्रिपाठी अर्को साता कतार उड्ने तयारीमा थिए।

कतारमा नेपालीलाई रोक

कतार सरकारले कोरोना त्रासका कारण नेपाललगायत १४ मुलुकका नागरिकलाई अस्थायी रूपमा त्यहाँ जान प्रतिबन्ध लगाएको हो। कतारमा हालसम्म तीन आप्रवासीसहित १५ जनामा कोरोना विषाणुको संक्रमण देखिएको छ।

मनाङको रबाफिलो जित

न्युरोड टिम(एनआरटी)माथि सहज जितका साथ मनाङ मर्स्याङ्दी राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

सहिद स्मारक लिगमा खेल मिलेमतोको दाबी

राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजनमा खेल मिलेमतोको हल्ला चलिरहँदा एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले आफूहरूलाई नियोजित रूपमा घटुवा गर्ने योजना बनिरहेको दाबी गरेका छन्।

चौथो स्थानमा उक्लियो एनआरटी

वैकल्पिक खेलाडी राजेश परियारको दुई गोलप्रेरित न्युरोड टिम (एनआरटी) ब्रिगेड ब्बाइज क्लब (बिबिसी) लाई २–० ले पराजित गर्दै राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथौ स्थानमा उक्लिएको छ।

फिलिपिन्सको लिगलाई पनि कतार एयरवेजको साथ

नेपालमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजक कतार एयरवेजले फिलिपिन्सको फुटबल लिगलाई पनि प्रायोजन गर्ने भएको छ।

मनाङ र च्यासलको संघर्षपूर्ण जित

स्ट्राइकर विमल रानाको निर्णायक गोलबाट सरस्वती युथमाथि १–० को संघर्षपूर्ण जितका साथ साबिकको विजेता मनाङ मर्स्याङ्दी क्लबले जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ।

थ्री स्टार तेस्रो स्थानमा उक्लियो

हिमालयन शेर्पामाथि सहज जितका साथ थ्री स्टार क्लब राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।

जितपछि आर्मी शीर्षमा

स्ट्राइकर जर्ज प्रिन्स कार्कीको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी क्लव बिहीबार सरस्वती युथ क्लबलाई हराउँदै राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्