१३ आश्विन २०८१ आइतबार
image/svg+xml

महानगर प्रमुख दाहालसँग कतारका राजदूतको भेट

भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गरेका छन्। भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री देउवा दोहामा

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज अपराह्न कतारको राजधानी दोहा पुगेका छन्।

लिथुआनियामाथि इटालीको रबाफ

विश्वकप छनोटअन्तर्गत बुधबारकै खेलमा इङ्ल्यान्ड पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिँदा जर्मनीले आइसल्यान्डमाथि ४–० को सहज जित निकालेको छ। लिथुआनियामाथि सहज जित निकालेको इटालीले यसअघि भएका दुई खेलमा बराबरी खेलेको थियो।

फ्रान्सले जितविहीन यात्रा टुंग्यायो

ग्रिजम्यानले नै टोलीका लागि दोस्रो गोल गर्न सफल भएका थिए। बाँकी समयमा फिनल्यान्ड खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र फ्रान्सले पछिल्लो छैटौं खेलमा सुखद नतिजा निकाल्न सक्यो। जित निकालेको फ्रान्सले ६ खेलबाट तालिकामा १२ अंक बनाएको छ। फ्रान्स समूह ‘डी’ को शीर्ष स्थानमा छ।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको सर्वाधिक गोल

विश्वकप छनोटअन्तर्गत बुधबार नै भएको अर्को खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १–१ गोलको बराबरी खेल्दा समूह एफको डेनमार्कले स्कटल्यान्डलाई २–० ले स्तब्ध बनाएको छ।

विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अधिकारीहरूले टोकियो ओलम्पिक २०२० जस्तै सन् २०२२ को बेइजिङ विन्टर ओलम्पिक पनि बन्द रंगशालमा आयोजना गर्न सुझाव दिइसकेका छन्। त्यसैले कतार विश्वकप २०२२ कोभिड–१९ महामारीपछि पूर्ण क्षमताको दर्शकसहित आयोजना गरिने पहिलो प्रमुख प्रतियोगिता बन्न सक्नेछ।

कतारमा मृत फेला परेका बिश्वकर्मा परिवारलाई सहयोग

कतारमा कार्यरत कम्पनीबाट फर्किएपछि खानपिन गरेर सुतेको अवस्थामा आफ्नै कोठामा मृत फेला परेका बिश्वकर्माको छोरीहरुको पठन–पाठन एवं घरायसी कामका लागि कतारमै रहेका शुभेच्छुकको पहलमा आर्थिक सहयोग जुटाइएको हो।

जोर्डनविरुद्ध जितकै लक्ष्य

कतार विश्वकप २०२२ र चीन एसियन कप २०२३ को छनोट चरणको खेलअन्तर्गत कुवेत भ्रमणमा रहेको नेपालले सोमबार जोर्डनविरुद्ध मैदान उत्रँदा निश्चित जितका साथ एसियाली कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ।

वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

कतारको केन्द्रीय बैंकले आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको राष्ट्र बैंकको भनाइ छ। सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो।

सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा

नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ। कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो। कतारसँग नेपालको श्रम सम्झौता भए पनि नेपाली युवालाई सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन।

कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको नेपालद्वारा स्वागत

नेपाल सरकारले साउदी अरेबिया अधिराज्य र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनःखोल्न भएको निर्णयको स्वागत गरेको छ।

पेलेलाई पछ्याउँदै नेइमार

नेइमारले हालसम्म ब्राजिलबाट ६४ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्,जुन पेलेको भन्दा मात्र ११ गोल कम हो। नेइमारले ६२ अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डोलाई भने पछि पारेका छन्।

कतार एयरवेजले नयाँ विमान नकिन्ने

कतार एयरवेजले सन् २०२० वा सन् २०२१ मा नयाँ विमान खरिद नगर्ने घोषणा गरेको छ। कोरोनाभाइरसका कारण विश्वव्यापी संकट उत्पन्न भएकाले माग घटेको जनाउँदै कतार एयरवेजले बोइङ र एयरबससँगका अर्डर पनि खारेज गरेको छ।

कतारमाथि प्रतिबन्धको चौथो वर्ष, गतिरोध अझै जारी

खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ। यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्