१३ आश्विन २०८१ आइतबार
image/svg+xml

घोडेपानीमा गुराँस ‘पार्क’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो।

म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्।अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्।

म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ। कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो।

‘नागरिकतामा परिचय फेरेपछि यौन हिंसाबाट जोगिएँ’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन।

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ।

म्याग्दीमा क्षयरोगीको संख्या ३४

म्याग्दीमा ३४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकामध्ये चालु आवको ८ महिनामा एक बालकसहित ३४ जना नयाँ बिरामी फेला परेका हुन्।

म्याग्दीमा ३४ नयाँ क्षरोगका बिरामी भेटिए

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकाहरु मध्ये चालु आवको ८ महिनामा एक बालकसहित ३४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्।

पश्चिम म्याग्दी यूवा क्लवले जित्यो ‘म्याग्दी कप’ को उपाधी

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लबले जितेको छ।

निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधि बेनी नगरपालिकालाई

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण,७ रजत र ८ काँस्य पदक जितेको हो।

मोना अष्ट्रेलियाको अध्यक्षमा इन्द्र थापा मगर

म्याग्दी प्रवासी नेपाल संघ (मोना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं वार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले ईन्द्र थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ।

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत् राख्दा किसानहरू मारमा परेको भन्दै सरोकारवाला निकायसँगको छलफलमा फागुन ३ गतेदेखि लागु हुने गरी उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय भएको हो।

मंगलामा राष्ट्रिय परिचयपत्र दर्ता शिविरमा सर्वसाधारणको भिड

म्याग्दीको मंगला गाउँपालिकाको वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुरू भएको छ।

तोरी बारीमा घुम्न जानेको भिड (फोटोफिचर)

बेनी–बागलुङ सडक खण्डमा पर्ने रत्नेचौरको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरूको भीड लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्