१४ आश्विन २०८१ सोमबार
image/svg+xml

म्याग्दीको पहिरो : मृतकको सङ्ख्या २० पुग्यो

म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।

म्याग्दी पहिरो : पुरिएका १९ जनाको शव भेटियो

पश्चिम म्याग्दीका विभिन्न गाउँमा गएको पहिरोमा परेर हराएका मध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । धवलागिरी गाउँपालिका–६,मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म १९ जनाको शव भेटिएको प्रहरीले बताएको छ ।

पहिरोमा वेपत्ता १० जनाको शव भेटियो

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ।

सलह आए धपाउने तयारीमा म्याग्दीका किसान

गण्डकी प्रदेशका कास्कीसहित विभिन्न जिल्लामा सलह किरा देखिएपछि म्याग्दीका किसानलाई आवश्यक तयारी थालेका छन् । मानो छरेर मुरी उमार्ने सिजनमा धान रोपाईमा ब्यस्त रहेका किसानले एक्कासी पहिलोपटक सलह किरा तराई हुदै पहाडी जिल्लामा भित्रिएपछि आवश्यक सावधनीका लागि तयारी सुरू गरेका हुन् ।

म्याग्दीमा थप दुई डेङ्गुका बिरामी : सङ्क्रमित नौ पुगे

कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ।

बीच बाटामै उद्धार

बेनी–जोमसोम–कोरला सडकखण्डमा कार्यरत दाङका विकास डाँगी पश्चिम म्याग्दी हुँदै घरतिर लागे। गाडी चलेको भए उनी एकै दिनमै दाङ पुग्थे।

म्याग्दीको मुदीमा गोठ बन्यो क्वारेन्टाइन

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीकी सिता विक बस्तीभन्दा टाढा रहेको गोठमा बसेकी छन्। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन जिल्ला बाहिरबाट गाउँमा पुगेकी विकले सवारीसाधन वा अन्य कुनै कारणले कोरोनाको संक्रमण भएको हुन सक्ने भन्दै बस्तीमा क्वारेन्टाइनमा नबसी करिब एक घण्टाको दुरीमा रहेको सलिना भन्ने ठाउँमा रहेको गोठमा बसेकी हुन्।

चट्याङ लागेर म्याग्दीमा दुईको मृत्यु, दुई घाइते

उत्तरी म्याग्दीको खिवाङ गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। अन्नपूर्णगाउँपालिका–६ खिवाङकी ४१ वर्षिया यामकुमारी गर्बुजा र २६ वर्षिय रविन पुनको शनिबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

म्याग्दीमा पर्यटनको उज्यालो

जिल्लाको पर्यटन गुरुयोजना बनेको बर्सौं भैसक्यो। तर, त्यसअनुरूप काम भएन। अब सबै सरोकारवाला निकायको एकीकृत प्रयासले म्याग्दीलाई चम्काउनुपर्छ।

नेपालका ६९ जिल्लाका विरामी म्याग्दीको तातोपानीमा

धवलागिरी गाउँपालिका–५, मल्कवाङका सोनु सिर्पाली पैदल यात्राको क्रममा बाटोमा लडेर घाइते भए। सडकमा बज्रिएपछि सिर्पालीको हात, खुट्टामा समस्या देखियो। शरीर नचल्ने अवस्थामामा पुगेपछि विभिन्न अस्पतालमा उपचार गरी फर्किएका सिर्पालीको हातखुट्टा सुन्निन थालेपछि श्रीमती दिलु सिर्पालीको साहरामा बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न आए। एउटा हातमा बैसाखी र अर्को हातमा श्रीमतीको साहराले कुण्डमा आएका सिर्पालीले पाँचदिन स्नान गरेपछि अहिले आफ्नै खुट्टाले विस्तारै लौरो टेकेर बस्ने ठाउँबाट कुण्डभित्र पुग्छन्।

उत्खनन नहुँदा हिमाली भेगमा खानी अलपत्र

हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन्।

म्याग्दी बस दुर्घटनाः मृतक चारै जनाको सनाखत, चालकसहित १९ घाइते

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतबारसाँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

बस दुर्घटनामा चार जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका-७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्।

महबाट मनग्य आम्दानी

झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थालेका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल थालेका छन्।म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल बनेका हुन्।

राष्ट्रिय पक्षी डाँफेको संरक्षण अभियान

म्याग्दीको उच्च हिमाली भेगका जंगलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन्। समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जंगलहरुमा पाइने स्थानीयवासी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्