१४ आश्विन २०८१ सोमबार
image/svg+xml

म्याग्दीमा धान रोपाईको चटारो (फोटो फिचर)

कोरोना भाइरसको दोस्रो लहरसँगै सहरबजार सुनसान भएपनि ग्रामिण क्षेत्रमा निरन्तर भइरहेको बर्षासँगै धान रोपाईको चटारो सुरू भएको छ। मध्य असार जस्तै किसानलाई व्याडमा राखेको बिउ काढ्नमा व्यस्त छन्।

म्याग्दी खोला उत्खननमा संलग्न स्काभेटरसहित चार सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय म्याग्दीले नदीजन्य पदार्थ उत्खननमा संलग्न तीन ट्याक्टर र एक स्काभेटर नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–६ चुत्रेनीस्थती खोलामा गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन दोहनमा प्रयोग गरिएको ध १ त ५८२, ग १ त ५४४८ र ध १त ५३२८ नम्बरको ट्याक्टर र बा १क ६४०३ नम्बरको स्काभेटरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

म्याग्दीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को भर्चुअल बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी एक साता लकडाउन थप्ने निर्णय गरेको हो।

गाउँमै अस्पताल हुँदा आयु बढ्ने रहेछ

गाउँमा अस्पताल नहुँदो हो त सायद आमालाई पोखरासम्म लगेर पनि बचाउन मुस्किल थियो । तर, गाउँमा अस्पताल भएकै कारण बेलैमा उपचार गराउन पाउँदा ज्यान जोगियो ।

कोरोनाले नरोकिएको धान रोपाईं

सहरबजारसँगै ग्रामिण क्षेत्र समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३,बरंजा आल्टामा भने यतिबेला धान रोप्ने चटारो चलेको छ । असार महिनामा जस्तै किसानहरु व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् ।

म्याग्दीमा निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो

म्याग्दीमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञाको अवधि तेस्रो पटक थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को आइतबार बसेको बैठकले जिल्लाभित्र लागु हुने गरी जेठ १७ गतेसम्मलाई लम्बाइएको छ।

चिनी १०५ रूपैयाँ किलोमा बिक्री

म्याग्दी सदरमुकाम बेनीमा चिनीको मूल्यमा मनपरी हुन थालेको छ। कोरोना भाइरस संक्रमणको जोखिमसँगै बेनी बजार तथा आसपासमा क्षेत्रमा केही व्यापारीले चिनी किलोको सय रूपैयाँसम्म लिने गरेको पाइएको हो।

म्याग्दीको बेनीमा बैशाखभर निषेधाज्ञा

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिकालमा बुधबारदेखि लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरिएको छ ।

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले सामाजिक तथा धार्मिक गतिविधिमा समेत कडाइ गरेको छ। बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी तथा अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो।

जङ्गलमै पुरिए म्याग्दीका तामाखानी

करिब १०० वर्ष पहिला स्थानीयवासीहरुले तिनै खानीबाट तामा निकालेर घरायसी भाँडाबर्तनहरु बनाउने गर्दथे। बाहिरबाट तामाका भाँडाहरु खरिद गर्नु पर्दैनथ्यो। तत्कालीन सरकारले खानी उत्खनन् गर्नेहरुबाट कर लिन थालेपछि खानी बन्द भएका हुन्।

दुर्गम बस्ती जोड्ने सडक निर्माण भएपछि बाजागाजासहित खुशीयाली

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ। गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक पदार्थको सहायताले सडकको ट्र्याक निर्माणले पूर्णता पाएको थियो।

गलेश्वर मन्दिरको छाना पित्तलले छाउने

बेनी नगरपालिका–९ स्थित गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम मन्दिरको छाना फेरिने भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए।

आफै सहयोग जुटाएर खेल्दैछन् म्याग्दीका खेलाडी

यसटक सहयोग जुटाएरै भएपनि उपाधी जितेर प्रदेशभित्र म्याग्दीलाई भलिवल प्रतियोगिताका लागि हब’ का रुपमा सन्देश दिने तयारीमा म्याग्देली टोली रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्