१३ आश्विन २०८१ आइतबार
image/svg+xml

म्याग्दीमा ६६ प्रतिशत मत खस्यो

म्याग्दीमा स्थानीय तहको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। शुक्रबार बिहान निर्धारित समयमा सुरू भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रहेकोमा जिल्लाभरबाट प्राप्त जानकारीमा करिब ६६ प्रतिशत मत खसेको छ।

मतदानस्थलमा अपाङ्ग, ज्येष्ठनागरिक र गर्भवती महिलालाई प्राथमिकता

म्याग्दीको सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक र गर्भवती महिलालाई मतदान गर्नका लागि पहिलो प्राथमिकता दिइने भएको छ।

तीन दिन हिडेर मतदान

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो।

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

दलित वस्ती भन्छन्ः आश्वासन होइन, पानी दिनेलाई भोट दिन्छौं

म्याग्दीको बेनी नगरपालिका-५ पुरण्य गाउँमा दैनिक उम्मेदवारको लर्को छ। चुनावको मुखमा दैनिक जसो विभिन्न दलहरु आएर भोट माग्ने आउने गरेका छन्।

अभिभावकलाई सिकाउन बेनीमा नमुना मतदान

म्याग्दीको सदरमुकाम बेनीमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बिहीबार नमुना मतदान गरेको हो।

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र

म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ। मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो।

अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन

म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो।

कागजमा मात्रै घरजग्गा, पहिरोको कर तिर्न बाध्य गाउँले

पश्चिमबाट पूर्व उत्तरतर्फ लमतन्न फैलिएको भिरालो जमिन। डेढ दशकअघि त्यही भिरालो जमिनमा थियो रायखोरवासीको रवाफ, सान र पहिचान।

ताकममा किशोरी सम्मेलन

धवलागिरिको ताकम, मुना, मुदी र लुलाङको चार वटा वडाका ११ विद्यालयमा गठन भएका किशोरी सञ्जालका २८ प्रतिनिधिको सहभागिता थियो। किशोरीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल भएको थियो।

गलेश्वर मन्दिरमै कालिगण्डकी नदीको पानीले स्नान गर्न पाइने

म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ।

जनचेतना फैलाउँदै म्याग्दी जेसीज

संस्थागत विकाससँगै सामाजिक कार्यमा समेत सक्रिय रहेको संस्थाले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न गरेको छ।

म्याग्दी पौराणिक स्थल पछैमा रावण पार्कको काम धमाधम

संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५, पछैमा प्रारम्भिक चरणको भौतिक संरचनाको काम भइरहेको छ।

आमाहरुले पढ्ने विद्यालयमा आर्थिक सहयोग

औपचारिक शिक्षा हासिल गर्नबाट वञ्चित भएका महिला अध्ययनरत उज्यालो वैकल्पिक विद्यालय बेनीमा म्याग्दी जेसीजले एक लाख आर्थिक सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्