१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सातौं म्याग्दी महोत्सव समापन, १० करोडको कारोबार

१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव आज समापन भएको छ। शनिबार १० दिनदेखि सुरु भएको सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला समापन भएको हो।

सातौं म्याग्दी महोत्सवको तयारी पूरा

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि सुरु हुन लागेको सातौं म्याग्दी महोत्सवको तयारी पूरा भएको छ।

२७९ जना विपन्नलाई साढे दुई करोड सहयोग

आर्थिक अभावले गर्दा स्वाथ्योपचार गर्न नसक्ने अवस्थाका नागरिकको उपचार गर्ने हेतुले ‘दिन जान्यो बाँच्न जान्यो’ मुल नाराका साथ स्थापना भएको सामाजिक संस्था कोषमार्फत सामान्य र जटिल समस्या भएका बिरामीको उपचारमा आर्थिक सहयोगसँगै अन्य ब्यवस्थापनमा समेत सघाउने गरेको संस्थाका निर्वतमान अध्यक्ष राजेश शाक्यले बताए।

म्याग्दीमा चन्दा जुटाएर सङ्ग्रहालय

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो।

समृद्धिको खोजीमा म्याग्दीका किसान

म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन्।

म्याग्दीका मतदान केन्द्रमा खटिन थाले कर्मचारी

‘कुनैपनि स्रोतको अभाव छैन, अतिसंवेदनशिल क्षेत्रमा जनशक्ती धेरै छ’ नेपालले भने। म्याग्दीको सदरमुकाम बेनीदेखि गूर्जा पुग्न दुई दिन लाग्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनजर गरी आवश्यक सुरक्षाकर्मीसहितको तयारी समेत गरिएको छ।

म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ५ बैंकबीच ८ अर्ब रुपैयाँ लगानी सम्झौता

५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ५ बैंकले करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन्।

दाइँ लगाउने चलन हराउँदै

पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मालिका–३ बेलीका किसान कृष्ण विकले बताए। ‘केही वर्षअघिसम्म मान्छे र पशुको सहायताले हुने कृषि काम गरिन्थ्यो अहिले कृषि यन्त्रको प्रयोग बढेको छ’, उनले भने।

पैसा र चामल बाँडेको भन्दै म्याग्दीका दुई उम्मेदवारसँग स्पष्टीकरण माग

निर्वाचन आचारसंहिता लागू भइसकेपछि श्रेष्ठले युवा क्लवलाई १० हजार रुपैयाँ चन्दा दिएको रसिदको फोटोकपीसहित उजुरी परेको छ। श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित बनाउन मालिका गाउँपालिका–३ इग्रे, लामखोरिया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको पनि उजुरीमा उल्लेख छ।

म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग

'अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ', उनले भने, 'सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ।'

बाली स्याहार्ने बेलामा धानबालीमा किराको प्रकोप

म्याग्दीको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने तथा बोट हरियोमै सुक्दै जाने समस्या देखिएको छ।

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो।

१३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ। म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ।

बेनी–जोमसोम सडक अवरुद्ध

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ। मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई सास्ती भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्