९ मंसिर २०८१ आइतबार
image/svg+xml

सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ।

सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन्।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग व्यावसायिक सम्झौता गरेको छ।

मुक्तिनाथ सेयरधनी बचत खातामा थप सुविधा

मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबिच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ।

प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् ।

सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ: मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन्।

सन्दकपुरमा व्यावसायिक रूपमा चौंरी पालन

चौरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन्। लोप हुँदै गएको चौंरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो।

सिँचाइ पुगेपछि व्यावसायिक बन्दै भार्लाङका किसान

भरतपुर महानगरपालिका २९ स्थित भार्लाङमा खेतीपातीका लागि उपयुक्त जमिन छ। यद्यपि यहाँका किसानले पर्याप्त सिँचाइ नहुँदा राम्रो उब्जनी गर्न सकेका थिएनन्।

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

बाटो पहिल्याउन सके गाउँकै माटोमा पसीना अनुसारको पैसा भेटिन्छ। टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देशविदेश भौंतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका-६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

घरबहाल व्यवस्थापनका कानुनी प्रावधान

प्रभावकारी कानुनको अभाव, कानुन कार्यान्वयनमा जटिलता र सहरमा बस्नेको संख्या दिनहँु बढिरहनुजस्ता कारणले बहालका सन्दर्भमा अस्तव्यस्तता बढिरहेको छ। वैज्ञानिक बहाल दर कायम नभएकै कारण कुनै मापदण्डबिना नै घरधनीले घरबहाल दर तोक्ने, मन लागेका बेलामा घरबाट निकाल्नेजस्ता समस्या यस क्षेत्रमा छन्।

आइसिएफसी फाइनान्सका ग्राहकलाई छुट

आइसिएफसी फाइनान्सका ग्राहकलाई नुवाकोटस्थित नेपाल अस्पतालमा छुट हुने सम्बन्धी व्यावसायिक सम्झौता भएको छ।

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स बीच सम्झौता

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्ड बीच व्यावसायिक ऋण साझेदारी सम्बन्धी सम्झौता भएको छ।

मत्स्य अनुसन्धान केन्द्रको अध्ययन: ‘बहुमुल्य मोती उत्पादन स्वदेशमै सम्भव’

माछापालन गर्ने किसानलाई खुसीको खबर–अब माछासँगै मोती उत्पादन गर्ने सिपिको पनि खेती गर्न सकिने भएको छ। मोती एक प्राकृतिक मणि (रत्न) हो, जुन जिवित प्राणी सिपिले उत्पादन गर्छ। अब सिपिको व्यावसायिक खेती गर्न सकिने यसका अनुसन्धानकर्ताले बताएका छन्। मोती सजावट र गहनाको रुपमा प्रयोग गरिन्छ। विभिन्न रोग निको पार्ने औषधिको रुपमा पनि मोती प्रयोग गर्ने हुँदा यो महंगो पर्ने विज्ञहरुको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्