तिब्बतीलाई सघाउने अमेरिकी सिनेटको निर्णय
नेपालले एक चीन नीति लिइरहेका बेला अमेरिकी सरकारले भने नेपालका शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकलाई सहयोग गर्ने भएको छ।
नेपालले एक चीन नीति लिइरहेका बेला अमेरिकी सरकारले भने नेपालका शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकलाई सहयोग गर्ने भएको छ।
नेपाल–चीन जोड्ने पूर्वाेत्तर ताप्लेजुङ र तिब्बतबीचको निर्माणाधीन सडकको काम सरकारी बेवास्ताकै कारण अलपत्र परेको छ।
दार्चुलाको नेपाल–भारत र चीन जोड्ने त्रिदेशीय व्यापारिक नाकाको सीतापुल तिंकर छोटी भन्सार दुई दशकदेखि विस्थापित अवस्थामा छ। नेपाल, भारत र चीनको सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दै आएको छ।
दार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ । आर्थिक वर्ष २०६५/२०६६ मा चार वर्षमै निर्माण सक्नेगरी सुरु गरेको दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्ज्याङसम्मको एक सय ३५ किलोमिटर सडक खण्ड निर्माण वर्षौंदेखि कछुवा गतिमै छ । अहिलेसम्म यो सडकको ४० किलोमिटर ट्र्याक खोलिएको छ।
सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, साँस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताएका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले तिब्बतको ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं साँस्कृतिक प्रदर्शन २०१८’ को उद्घाटन गर्दै सभामुख महराले तिब्बतसँगको सम्बन्धले चीन र नेपाल दुई देशबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान तथा राजनीतिक संवादलाई जोडेको बताए।
सोलु दूधकुण्ड नगरपालिका–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ। विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिए।
संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर) को कार्यालयले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको छ।
पैदल हिँडेर आउजाउ र खच्चडको भरमा उपभोग्य सामग्री ढुवानी गरेर गुजारा चलाउन बाध्य उत्तरी गोरखाका सर्वसाधारणको सडक सपना पूरा हुने भएको छ। नेपाली सेनाले बेनीघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि १६ किलोमिटर ट्र्याक खोलिसकेको छ। उक्त सडकको माछाखोलासम्म उत्तरी गोरखाका जनताले गाडीमा ढुवानी र आउजाउ पनि गर्न थालिसकेका छन्।
चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले उत्तरी ताप्लेजुङका सिमावर्ती क्षेत्रमा हुँदै आएको अन्तरदेशीय बिवाहमा कडाइ गर्ने भन्दै स्थानीयलाई ‘सचेत’ गराइदिन नेपाली सिमाक्षेत्रका जनप्रतिनिधिलाइ खबर पठाएको छ । ‘नेपाली केटीलाई विवाह गरेर तिब्बत तर्फ लैजान तथा तिब्बती केटीलाई नेपाल तर्फ ल्याउन कानुनले अप्ठ्यारो हुने भन्दै तिब्बत प्रशासनले खबर पठाएको छ’ सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँ कार्यपालिका प्रवक्ता छेतेन वालुङले भने । उनले अन्तरदेशीय बैवाहिक सम्बन्धको सवालमा तिब्बतको रिउ प्रशासन कडा रुपमा प्रस्तुत भएको बताए।
तिब्बती सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै आयोजना भइहरेको अन्तराष्ट्रिय डिजिटल कला प्रदर्शनीको सम्पन्न भएको छ । तिब्बती परम्परा, भौगोलिक दृश्य र सम्पदालाई भिडियोको माध्यमले प्रस्तुत गरिएको प्रदर्शनीले नेपाल र चीनको मैत्री सम्बन्धलाई प्रवद्धन गरेको आयोजकको दावी रहेको छ ।
काठमाडौंमा हिजोआज युवामाझ लोकप्रिय स्ट्रिट फुड बनेको छ, लाफिङ । यो मसलादार नुडल डिसलाई तिब्बतीहरूले व्यावसायिक रूपमा प्रवद्र्धन गरेका हुन् । लाफिङबाहेक अन्य धेरै तिब्बती परिकार छन्, जो काठमाडौंमा स्वाद थपिरहेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीनको तिब्बततर्फ प्रस्थान गरेका छन्।
पश्चिम दक्षिण चीनको स्वशासित क्षेत्र तिब्बतले सन् २०१६ मा ११.५ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गरेको छ। नेपालसँग उत्तरी सीमा जोडिएको पठार तिब्बतको आर्थिक वृद्धि १६.५ बिलियिन अमेरिकी डलर पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
नेपालको वाटो हुँदै भारत तर्फ गईरहेका ४१ जना तिव्वती नागरिकलाई प्रहरीले सोमवार धनगढीमा पक्राउ गरेको छ। पक्राउ गरिएका ४१ तिव्वती नागरिकलाई सोमवार नै अध्यागमन बिभाग काठमाडौं पठाइएको छ।
पाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको बताएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै इन्डिया फाउन्डेसनको कार्यक्रमको उद्घाटन सत्र सकिने बित्तिकै सभापति देउवा कार्यक्रमस्थलबाट बाहिरिएको विज्ञप्तिमा उल्लेख छ।