१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भेरी अस्पतालका तीन काेराेना शंकास्पद विरामीको नमुना काठमाडौं पठाइयो

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएका बेलामा नेपालगन्जस्थित भेरी अस्पतालले तीन शंकास्पद व्यक्तिको नमुना काठमाडौं पठाएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश थापाले तीन जना शंकास्पद विरामीको ‘स्वाब’ परिक्षणका लागि आइतबार काठमाडौं पठाइएको जानकारी दिए। ‘तीन जना विरामीको स्वाव परिक्षणका लागि काठमाडौं पठाएका छौं,’ उनले भने।

उपराष्ट्रपतिद्वारा भेरी–बबई आयोजनाको निरीक्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन्। उपराष्ट्रपति पुनले मंगलबार बेलुका भेरीगंगा नगरपालिकाको चिप्लेमा निर्माण भइरहेको बाँध र ब्यारेजस्थलको निरीक्षण गरेका हुन्।

बाँध र विद्युतगृहको शिलान्यास

सुरुङमार्ग निर्माण सम्पन्न भएको सात महिनापछि राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो प्याकेजअन्तर्गत बाँध (ड्याम) र विद्युत्गृह (पावरहाउस) शिलान्यास गरिएको छ। भेरीगंगा नगरपालिकाको चिप्लेमा सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बाँध र विद्युत्गृहको शिलान्यास गरेका हुन्।

माग पूरा नभए अवरोध गर्ने चेतावनी

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्रतिबद्धता अनुसार काम नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय तह आन्दोलित भएका छन् । प्रभावित क्षेत्रका स्थानीय तह र प्रभावितले समपुरक आयोजनाका रुपमा सुरु गरिएको भेरी करिडोर बहुउद्देश्यीय आयोजनाको क्षेत्राधिकार कटौती गरिएको, स्थानीय तहसँगको समन्वयबिनै प्रभावित क्षेत्रको सर्भे र मुआब्जा तोकिएको लगायत आरोप लगाएका छन् ।

धानमा दाना नलागेपछि के खाने भन्ने चिन्ता

भेरीगंगा नगरपालिका–९ की तुल्सी डाँगीले यो वर्ष १० कट्ठा जमिनमा गरिमा जातको धान खेती गरिन्। स्थानीय एग्रोभेटबाट बीउ ल्याएर खेती गरेकी उनी धान नफल्दा उनी चिन्तामा छिन्। ‘अघिल्लो वर्ष पनि गरिमा जातकै धान रोपेकी थिएँ, राम्रै फल्यो,’ उनले भनिन्, ‘यो वर्ष बालामात्रै लाग्यो, गेडा लागेन।’ राम्रो उब्जनी हुने आसमा लगाएको धानले उब्जाउ नदिएपछि उनी क्षतिपूर्ति माग्दै स्थानीय तहमा धाइरहेकी छन्।

स्रोत र राजस्वमा स्थानीय तह र आयोजनाबीच विवाद

प्राकृतिक स्रोतको प्रयोग र राजस्वका विषयमा स्थानीय तह र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबीच विवाद देखिएको छ। समय अगावै सुरुङ निर्माण सम्पन्न गरेर दोस्रो प्याकेज अन्र्तगत विद्युत्गृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम थालेको आयोजनाले यसका लागि भेरीगंगा नगरपालिका–९ र ११ मा पर्ने चिप्लेमा अस्थायी क्रसर स्थापना गरेर भेरी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरिरहेको छ। स्थानीय सरकारले समन्वय र स्वीकृतिविनै नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै त्यसलाई तत्काल रोक्न पत्राचार गरेको छ।

उर्जामन्त्रीद्वारा भेरी–बबई सुरुङमार्गको निरीक्षण

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिविएम) मार्फत निर्माण सम्पन्न गरिएको राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङमार्गको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बुधबार अनुगमन गरेका छन्।

भेरी नदीमा बगेर मृत्यु, ६ घर विस्थापित

जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ। नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो। बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ।

अस्पतालले मृत घाेषणा गरेकाे शिशु गाड्न खाेज्दा चलमलाएपछि...

जिउँदै शिशुलाई मृत्यु भएको घोषणा गरेको घटनाबारे भेरी अस्पताल नेपालगन्जले प्रमाण लुकाउने प्रयास गरेको छ। शनिबार पीडित पक्षसँग वार्ता गर्दै अस्पताल प्रशासनले कर्मचारीको गल्ती नभएको बताएको छ।

भेरी अस्पतालमा चरम लापरवाही : ज्यूँदै शिशुलाई मृत घोषित!

सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो ।

दोस्रो प्याकेजको काम सुरु

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको चार महिनापछि दोस्रो प्याकेजको काम सुरु भएको छ। दोस्रो प्याकेजअन्तर्गत विद्युत्गृह (पावरहाउस), बाँध (ड्याम) र सर्ज साफ्ट निर्माण गरिने छ। यि संरचना निर्माणका लागि सिँचाइ विभागले रमण–ग्वाङ्डोन जेभीसँग २०७६ साउन १३ गते सम्झौता गरेको थियो।

भेरी–बबई आयोजना: मुआब्जा बहिष्कार गर्ने चेतावनी

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन्।

पिकनिक खान आएका दुई जनाको डुबेर मृत्यु

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनास्थलमा पिकनिक खान आएका दुई जना युवाको बबई नदीमा डुबेर मृत्यु भएको छ।

भेरी–बबई डाइभर्सनमा विभागको अवरोध

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाले सुरुङ परीक्षण गरी माघसम्म ३६ हजार हेक्टर खेतमा सिँचाइ सुविधा पु¥याउन राखेको प्रस्ताव अघि बढाउन सिँचाइ विभागले आलटाल गर्दा काममा अवरोध सिर्जना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्