१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख

भेरीगंगा नगरपालिकाले चार वडामा चार नमुना गाउँ निर्माणका लागि वीरेन्द्रनगरको नमुना समाजसँग भदौ २३ गते सम्झौता गर्‍यो। कार्यक्रमअन्र्तगत तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमुना समाजले २ करोड १० लाख रूपैयाँ बेहोर्ने उल्लेख छ।

स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख

नगरपालिकाले तीन वर्षमा ९० लाख र नमुना समाजले तीन वर्षमा दुई करोड १० लाख रुपैयाँ गरेर तीन करोडबाट नमुना गाउँ निर्माण गर्ने उल्लेख भएपनि संस्थासँग कुनै आर्थिक स्रोत छैन।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले मागे माफी

नगर कार्यपालिका सदस्यहरुलाई जातीय अपशब्द बोल्दै दुर्व्यवहार गरेका भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले माफी मागेका छन् । नगर कार्यपालिकाको बैठकले गरेका निर्णयको प्रतिलिपी माग्न जाँदा उनीहरुलाई कार्यकक्षमै दुर्व्यवहार गरेका बस्नेतले आाफू बोल्न नजानेको भन्दै माफी मागेका हुन् ।

भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते

सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन्।

भेरी बबई आयोजनाको प्रगति ४० प्रतिशत

राष्ट्रिय गौरवमा सूचीकृत भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको समष्टिगत प्रगति ४० प्रतिशत भएको छ ।

भेरी–बबई डाइभर्सन आयोजना कम्पनी मोडलमा

कम्पनीमा संघको २६, कर्णाली प्रदेशको २०, सम्बन्धित स्थानीय तहको पाँच गरी ५१ प्रतिशत सरकारी र देशभरका सर्वसाधारणको २९, कर्णाली प्रदेशर आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १०–१० गरी ४९ प्रतिशत सेयर स्वामित्व हुने।

भेरी–बबई डाइभर्सन आयोजनाको लगानी मोडालिटी तयार

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय (सिंचाइ/जलविद्युत) आयोजनाको लगानी मोडालिटी करिब टुंगो लागेको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनी मोडलमा लगानी मोडालिटीको टुंगो लगाएको हो।

भेरी किनारमा एकको शव भेटियो

जाजरकोट भेरी नगरपालिका–१, रावतगाउँस्थित भेरी नदी किनारमा एक किशोरको शव भेटिएको छ । उक्त शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

भेरीगंगा नगरपालिकाकाे रोजगारी केन्द्रीत नीति कार्यक्रम

भेरीगंगा नगरपालिकाले कोरोना संक्रमणका कारण भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई रोजगारमा जोड्ने गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण रोजगारी गुमेर भारतलगायत तेस्रो मुलुकबाट फर्केका नागरिकहरुलाई सीप अनुसारको रोजगारी दिने गरेर नीति, कार्यक्रम तथा बजेट ल्याइएको मेयर भुपेन्द्रबहादुर चन्दले जानकारी दिए ।

सरकारी खातामा आउने राजस्व ठेकेदारलाई

नदीजन्य पदार्थ प्रयोग गरेबापत राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाबाट सीधै सरकारी खातामा जम्मा हुने राजस्व भेरीगंगा नगरपालिकाले ठेकेदारलाई दिन लगाएको छ। आयोजनाले चालू आर्थिक वर्षमा प्रयोग हुने नदीजन्य पदार्थको मूल्यांकन गरेर पठाउन पटकपटक आग्रह गरेपनि नगरपालिकाले राजस्व आफ्नो खातामा नमगाएर ठेकेदारलाई दिन लगाएको हो।

जनप्रतिनिधिको ‘कमिसन’ खेल, सरकारी खातामा आउने राजस्व ठेकेदारलाई

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाबाट सिधैं सरकारी खातामा जम्मा हुने नदीजन्य पदार्थवापतको राजस्व भेरीगंगा नगरपालिकाले ठेकेदारलाई दिन लगाएको छ । आयोजनाले चालू आर्थिक वर्षमा प्रयोग हुने नदीजन्य पदार्थको मुल्याङ्कन गरेर पठाउन पटक–पटक आग्रह गरेपनि नगरपालिकाले आफ्नो खातामा नमगाएर ठेकेदारलाई दिन लगाएको हो ।

जल्यो लास, नमरोस् न्याय

भेरी नदीको किनारमा अन्तरजातीय प्रेममा मृत्युवरण गरेका नवराज बिकको चिता तयार हुन्छ । नवराजका बुवा मोहन न त्यो चिता हेर्न सक्छन् न त त्यो मृत्यु स्वीकार्न सक्छन् । तर बाध्यता उनले त्यो चितामाथि राखिएको लासमा दाग बत्ति दिनै पर्छ र कूरुर हत्यापछि भएको अप्रत्यासित मृत्यु स्वीकार्नै पर्छ ।

भेरी नगरपालिकाद्वारा लकडाउन पीडितलाई खाद्य सहयोग

जिल्लाको भेरी नगरपालिकाले लकडाउनको ४५ औ दिनदेखि विपन्न परिवारहरुलाई विभिन्न खाद्य सामग्रीहरु वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा १५ दिनको प्याकेज बनाएर नगरपालिकाले शुक्रबारदेखि वडा नम्वर १, ५ र ६ का विपन्न सर्वसाधारणहरुलाई चामल, दाल, नुन, तेल लगाएतका सामग्रीहरु वितरण सुरु गरेको हो ।

भेरीगंगामा एक करोडको विषद् कोष स्थापना

भेरीगंगा नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न र दैनिक गुजारा चलाउने समुदायलाई खाद्यान्न सहयोग गर्नका लागि एक करोड एक लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्