९ मंसिर २०८१ आइतबार
image/svg+xml

न्युजिल्यान्डमा १४५ वटा ह्वेल मृत भेटिए

न्युजिल्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। न्युजिल्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री(हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए।

पटेलको उत्कृष्ट बलिङमा न्युजिल्यान्डलाई सफलता

अजाज पटेलको उत्कृष्ट बलिङ प्रेरित न्युजिल्यान्डले सोमबार पाकिस्तानविरुद्धको पहिलो टेस्टमा ४ रनको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै न्युजिल्यान्डले तीन टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ।

अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पाकिस्तानको खेलतालिका

आउँदो तीन महिनाका लागि पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) ले अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध हुने शृंखलाको तालिका सार्वजनिक गरेको छ।

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल पुगेपछि...

न्युजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन्। साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी थिइन। “मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छिन्।

स्टिड न्युजिल्यान्डका प्रशिक्षक

न्युजिल्यान्ड क्रिकेट बोर्डले बुधबार पूर्व ब्याटस्म्यान ग्यारी स्टिडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। माइक हेसन जुनमा जिम्मेवारीबाट हटेपछि न्युजिल्यान्डको क्रिकेट टोली प्रशिक्षकविहिन थियो।

न्युजिल्यान्डद्धारा पाकिस्तान जान अस्विकार

क्रिकेट न्युजिल्यान्डले यसै वर्षको अन्त्यमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि पाकिस्तानले गरेको भ्रमण निमन्त्रणा सुरक्षाको कारण देखाउँदै अस्विकार गरेको छ।

न्युजिल्यान्डकी प्रधानमन्त्रीलाई पुत्री लाभ

न्युजिल्यान्डकी बहालवाला प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले पहिलो सन्तानलाई जन्म दिएकी छन् ।पहिलो सन्तानका रूपमा उनलाई ३.३१ किलोग्रामकी पुत्री लाभ भएको बिबिसीले उल्लेख गरेको छ।

न्युजिल्यान्डलाई शृंखला

एस सोढीले सम्हालिएको ब्याटिङ गरेपछि न्युजिल्यान्डले मंगलबार इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट बराबरीमा सकाउँदैे दुई टेस्टको शृंखला १–० ले जितेको छ।

न्युजिल्यान्डलाई दबाब

जेम्स भिन्से र मार्क स्टोनम्यानको अर्धशतकप्रेरित इङ्ल्यान्डले आइतबार दोस्रो टेस्टमा न्युजिल्यान्डलाई दबाबमा राखेको छ।

न्युजिल्यान्डको रोमाञ्चक जित

रोस टेलरको शतक तथा मिचेल सान्टनरको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले पहिलो एकदिवसीय खेलमा आइतबार अन्तिम ओभरमा इङ्ल्यान्डमाथि ३ विकेटको विजयी नतिजा निकालेको छ।

न्युजिल्यान्डको सहज विजय

न्युजिल्यान्डले सोमबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा पाकिस्तानमाथि ७ विकेटको सहज जित हात पारेको छ।

न्युजिल्यान्डको जितमा गुप्टिल नायक

मार्टिन गुप्टिलको आक्रामक ब्याटिङ प्रेरित न्युजिल्यान्डले मंगलबार वर्षाले प्रभावित दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभरमा २ विकेट गुमाई ६४ रन बनाएर खेलिरहेको अवस्थामा वर्षाले २ घण्टा खेल अवरुद्ध भएको थियो । त्यसपछि खेल सुरु हुँदा न्युजिल्यान्डले डर्कवर्थ लुइसका आधारमा २५ ओभरमा १ सय ५१ रनको नयाँ लक्ष्य पाएको थियो । १४ ओभर खेलिसकेकाले जितका लागि घरेलु टोलीले ११ ओभरमा ८७ रन बनाउनुपर्ने भयो । जुन ७ बल बाँकी रहँदा २ विकेट गुमाएर पूरा गरेको थियो ।

न्युजिल्यान्डको जितमा विलियम्सन नायक

कप्तान केन विलियम्सनको उत्कृष्ट ब्याटिङप्रेरित न्युजिल्यान्डले शनिबार पहिलो एकदिवसीय शृंखलामा पाकिस्तानलाई डर्कवर्थ लुइस पद्धतिमा ६१ रनले पराजित गरेको छ । न्युजिल्यान्डले जितका लागि न्युजिल्यान्डले दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन जोड्दा वर्षाले खेल अवरुद्ध भएका थियो । त्यसपछि पाकिस्तानलाई जितका लागि ३१ ओभरमा २ सय ८८ रनको लक्ष्य दिइएको थियो । तर पाकिस्तानले वर्षाअघि नै ३१ ओभरको खेल खेलिसकेकाले न्युजिल्यान्डले डकवर्थ लुइस पद्धतिमा खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो ।

न्युजिल्यान्डलाई ट्वान्टी–२० शृंखला

कोलिन मुनरोको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले बुधबार तेस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजमाथि १ सय १९ रनको रबाफिलो जित हात पारेको छ ।

न्युजिल्यान्ड विशाल योगफलतर्फ

अलराउन्डर कोलिन डी ग्रान्डहोमले ७१ बलमा शतक पूरा गरेपछि न्युजिल्यान्ड शनिबार वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा विशाल योगफलतिर लम्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्