१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ढुंगाले किच्दा एकको ज्यान गयो, एक गम्भीर

जिल्लामा ढुंगाले किच्दा एकको ज्यान गएको छ। भीरमाथिबाट खसेको ढुंगाले लाग्दा केपिलासगढी गाउँपालिका–६ दिप्सुङ अन्दाजी ५८ वर्षीय चन्द्र विकको मंगलबार ज्यान गएको हो।

खेर जाने जडिबुटीले भाउ पाउन थाल्यो

खोटाङको फेदीबाट एक ट्याक्टर बुढो ओखती (ठूलो ओखती) र सुगन्धवाल निकासी भएको छ। केपीलासगढी गाउँपालिका–१ फेदीबाट सात सय ५० केजी ठूलो ओखती र दुई सय केजी सुगन्धवाल जडिबुटी निकासी भएको हो।

अर्खौले र माक्पामा सडक उद्घाटन

खोटाङको अर्खौले र माक्पामा सडक निर्माण गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा सुत्केरीढुंगा–रिठ्ठाबोटे–फेदी सडक निर्माण गरिएको हो।

शंकास्पद अवस्थामा महिला मृत फेला

खोटाङमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। बराहपोखरी गाउँपालिका–६ मौवाबोटे डाँडाघरकी सरस्वती राई मृत फेला परेकी हुन्।

खोटाङको पञ्चमीबजारमा आगलागी, नियन्त्रणको प्रयास जारी

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीबजारमा आगलागी सुरु भएको छ। बुधबार करिब ८ बजे रातीबाट सुरु भएको आगोले पञ्चमीबजारका डम्बर खड्काको घर पूर्णरुपमा जलिसकेको छ। खड्काको घरबाट सुरु भएको आगोले स्थानीय कुमार श्रेष्ठको घर पनि जलिरहेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

खोटाङमा आफ्नै छोरी बलात्कारमा संलग्न बाबु पक्राउ परेका छन्। ९ वर्षीय नाबालिका छोरीलाई जबरजस्ती करण गरेको अभियोगमा ५० वर्षीय बाबु दुखीलाल (परिवर्तित नाम)लाई प्रहरीले पक्राउ गरेको हो।

आगलागी पीडितलाई राहत

खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ। वैशाख २४ गते राती भएको आगलागीमा सर्वस्व गुमाएका ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कका अग्नी पीडित टेकबहादुर विकको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

जबरजस्तीकरणी गर्न खोज्नेविरुद्ध प्रहरीले मुद्दा चलायाे

महिलालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा खोटाङमा एक पुरुषविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ।

बिजुली बत्ती बलेपछि स्थानीय हर्षित

जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा विद्युतको केन्द्रीय प्रसारण लाईन विस्तार गरिएको छ। नेपाल विद्युत प्राधिकरण र गाउँपालिकाले गत वर्ष बिनियोजन गरेको २० लाखको खर्चमा छितापोखरीमा दिक्तेल–गाईघाट केन्द्रीय प्रशारण लाईन अन्तरगतको विद्युत विस्तार गरिएको हो।

निमोनियाका कारण वडाध्यक्षको निधन

निमोनियाका कारण खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निधन भएको छ। ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुनेलगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो।

निष्क्रिय सहकारी संस्था पुनः सञ्चालन

खोटाङमा आठ वर्षसम्म निष्क्रिय रहेको सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको छ। २०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्षदिनसम्म सञ्चालन गरेपछि बन्द भएको प्यारागन सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको हो।

पाँच महिनादेखि तलबविहीन स्वास्थ्यकर्मी भन्छन् - 'उधाराेमा बाँचिरहेका छाैं'

संघीय सरकारले बजेट नपठाउँदा खोटाङका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी लामो समयदेखि तलबविहीन भएका छन्।

बाक्सिला गोल्डकप चैत २३ देखि

आगामी चैत २३ देखि खोटाङको पुरानो र प्रतिष्ठित बाक्सिला गोल्डकप हुने भएको छ। ११ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा बुइपा एलेभेन स्पोटर्स क्लब र सोल्मा स्पोर्ट्स क्लबबीचमा पहिलो खेल हुने बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्