१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ट्याक्टरको ठक्करबाट तीन घाइते

ट्याक्टरको ठक्करबाट खोटाङमा तीन जना घाइते भएका छन्। हलेसीबाट दिक्तेलतर्फ जाँदै गरेको ना ८ ख ७१ नम्बरको ट्रिपरले को १ च ३९८९ नम्बरको भ्यानलाई ठक्कर दिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ६५ वर्षीय प्रेमबहादुर दाहाल, २९ वर्षीया मीना श्रेष्ठ र मीना श्रेष्ठ घाइते भएका हुन्।

विरामी बोकेको एम्बुलेन्स टिप्परसँग ठोक्किएपछि...

एम्बुलेन्स दुर्घटना हुँदा घाइते बनेका खोटाङका एक युवाको अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको अवस्था चिन्ताजनक बनेको हो।

प्रहरीको आँखा गाँजामा

जिल्ला प्रहरी कार्यालय खोटाङले अवैध गाँजा खेती नष्ट गर्ने अभियानलाई जारी राखेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्दै आएको प्रहरीले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा करिब ३ सय बोट गाँजा नष्ट गरेको छ।

खुकुरी प्रहारबाट एक घाइते

खुकुरी प्रहारबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बलराम कट्वाल घाइते भएका छन्। सामान्य विवादका क्रममा छिमेकी दिनेश कट्वालले प्रहार गरेको खुकुरीले लाग्दा ४३ वर्षीय बलराम घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

मोबाइल चोरी गरेर किनबेच गर्ने तीन जना पक्राउ

खोटाङमा चोरीको मोबाइल किनबेच गर्ने तीन जना पक्राउ परेका छन्। विभिन्न पसलबाट मोबाइल चोरी गर्दै विक्री गर्ने दुई जना र खरिद गर्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो।

खोटाङमा समाजवादीले पुर्णता पायो

खोटाङमा समाजवादी पार्टी नेपालले पुर्णता पाएको छ। केन्द्रीय समिति एकीकरण भएको केही समयपछि जिल्लामा समाजवादीको समायोजन सकिएको हो।

दुई दिनमा बालुवासहित ९ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङमा अवैध तरिकाले बालुवा ओसार पसार गरिरहेको अवस्थामा दुई दिनमा ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चोरी मुद्दाका दोषी जेल चलान

खोटाङमा चोरी मुद्दामा छ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरिएको छ। २०७० साल असार २४ गते जिल्ला अदालत खोटाङबाट चोरी मुद्दामा एक महिना कैद र दुई हजार जरिवाना हुने सजाय तोकिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षीय ईन्द्रबहादुर बिश्वकर्मालाई पक्राउ गरेर कारागार चलान गरिएको हो।

खडेरी तथा वर्षा पीडितलाई राहत माग

खोटाङका तीन प्रदेशसभा सांसदले खडेरी तथा वर्षा पीडित सर्वसाधारणलाई तत्काल राहत पुर्याउन माग गरेका छन्। प्रदेशसभा सांसद उषाकला राई, राजन राई र रामकुमार राईले प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई भेट गरी खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका खडेरी तथा वर्षा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन्।

खोटाङमा साउन पहिलो सातासम्म ६२ प्रतिशत रोपाइँ

ढिलो वर्षा भएका कारण खोटाङमा हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म खडेरी परेकाले मैझारो हुने बेलामा करिब ६२ प्रतिशत मात्र रोपाइँ भएको हो।

वर्षा नहुँदा खेत बाँझै

पानी नपर्दा खोटाङका अधिकांश स्थानका किसानले रोपाइँ गर्न सकेका छैनन्। असार बित्न लाग्दासम्म जिल्लाका अधिकांश खेत बाँझै छन्।

अदालतद्धारा सडक निर्माण सम्वन्धी रिट खारेज

जिल्ला अदालत खोटाङले रुम्दु–पिप्ले–फोक्सिङटार सडक विस्तारका क्रममा परेको रिट खारेजको फैसला सुनाएको छ।

मुख्यमन्त्री लिग : घरेलु टोली खोटाङसँग स्तब्ध

उदयपुरमा जारी मुख्यमन्त्री लिग फुटबलमा घरेलु टिम उदयपुर ११ पराजित भएपछि प्रतियोगिताको शीर्षस्थान उक्लने मौका गुमेको छ। बुधबार सम्पन्न खेलमा खोटाङसँग १–० ले पराजित भएसँगै उदपुरलाई शीर्ष स्थान उक्लने मौका गुमेको हो।

खोटाङमा प्रदेशस्तरीय प्राविधिक शिक्षालय

खोटाङको नुनथलामा १ नम्बर प्रदेशस्तरीय बहुप्राविधिक शिक्षालय उद्घाटन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलास्थित महुरेमा स्थापना गरिएको महुरेगढी बहुप्राविधिक शिक्षालय मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले उद्घाटन गरेका हुन्।

पल्टिएको बोलेरो भीरको रुखमा अल्झियो, एक यात्रु घाइते

खोटाङमा बोलेरो दुर्घटना हुँदा एक घाइते भएका छन्। काठमाडौंबाट सामान लिएर ऐसेलुखर्क जाँदै गरेको बा २१ च ४०४९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका फुर्वा शेर्पा घाइते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्