१४ आश्विन २०८१ सोमबार
image/svg+xml

२३ पकेट क्षेत्र र आठवटा ब्लक विस्तार गरिँदै

कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राई उषाकला राईले कृषि प्रवद्र्धनका लागि राज्यले विनियोजन गरेको बजेट वास्तविक किसानको हातमा पु-याउन ज्ञान केन्द्रको ध्यानाकर्षण गराएका छन्।

‘दूधकोसी सबैभन्दा आकर्षक आयोजना’

उर्जामन्त्री वर्षमान पुन, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सांसदसहितको टोलीमा घिसिङ दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निरिक्षण गर्न रभुँवा पुगेका हुन्।

मजदुरले रोके कालोपत्रे

पूर्वी नेपालका तराई जोड्ने सबैभन्दा छोटो दूरीको मार्गकारुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिमपानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले तथा सिमपानी भञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रेका काम भारत कन्स्ट्रक्सन÷सिद्धी शाही जेभीले गरिरहेको छ ।

हलेसीमा दीप प्रज्वलन गरी पर्यटकको स्वागत

नेपाल भ्रमण वर्षको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दीप प्रज्वलन गरी पर्यटकलाई स्वागत गरिएको छ। भ्रमण वर्षको अवसरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी मन्दीरका प्रांगणमा बुधबार साँझ सामूहिकरुपमा दीप प्रज्वलन गर्दै आएका आन्तरिक तथा बाह्य पर्यटकलाई खादा ओढाएर स्वागत गरिएको हो।

खोटाङमा बलात्कारका घटना बढे

खोटाङमा वर्ष दिनको अवधिमा बलात्कारका घटना अधिक भएको पाइएको छ। २०७५ पुस १५ गतेदेखि हालसम्म जिल्लामा ११ वटा बलात्कारका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) खोटाङले जनाएको छ।

खोटाङमा आगलागी, एक घर जलेर खरानी

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे बागेढुंगाका गर्वबहादुर थापाको ढुंगा माटो र फुसको छानो भएको एक तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

हलेसीको विकास गर्न पर्यटन मन्त्रीलाई सांसद राईको खुल्लापत्र

खोटाङका प्रदेश सांसद राजन राईले धार्मिकस्थल हलेसीको पर्यटन प्रवर्द्धका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईलाई आग्रह गरेका छन्।

बेलिब्रिजले खोल्यो खोटाङको पूर्वी नाका

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ। दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग सडक खण्ड अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएको हो।

कक्षा २ मा अध्ययनरत ७६ वर्षीय वृद्धा सम्मानित

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुढेसकालमा कक्षा २ मा अध्ययनरत बृद्धालाई सम्मान गरेको छ।

किसानलाई अलैंची भित्र्याउने चटारो

अलैंची पाक्ने सिजन सुरु भएसँगै खोटाङका किसानको व्यस्तता बढेको छ। बेंसी क्षेत्रमा लगाइएको अलैंची अलि चाँडो पाक्ने भएकाले साउनदेखि नै किसानलाई दाना टिप्ने चटारो सुरु भएको हो। जिल्लामा अलैंचीको पाकेको दाना टिप्ने क्रम सरदर हरेक साउनदेखि कात्तिक–मंसिरसम्म रहने अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष बीरबहादुर तामाङले बताए।

कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन्। केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन्।

मृतककाे नाममा पनि वृद्धभत्ता निकासा

खोटाङको बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेको छ।

१८ दिनदेखि महिला बेपत्ता

खोटाङमा १८ दिनदेखि महिला बेपत्ता भएकी छिन्। डोको, कचिया बोकेर घरबाट हिँडेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी अन्दाजी ५२ वर्षकी कल्पना (गोपीसराना) राई बेपत्ता भएको प्रहरीले जनाएको छ। गत असोज १४ गते घरबाट बेँसी जमुनाबोटे झरेकी महिला हालसम्म बेपत्ता भएको वडाध्यक्ष चईन्द्र राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्