१३ आश्विन २०८१ आइतबार
image/svg+xml

खोटाङमा नेकपा माओवादी केन्द्रको कार्यालय पुनःस्थापना

सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताइदिएको तीन हप्तापछि नेकपा माओबादी केन्द्रले बिहिबार दिक्तेलको भवनगैरामा आफ्नो कार्यालय पुःर्नस्थापना गरेको हो। भवनगैरामा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रदेश सांसद रामकुमार राई पासाङले पार्टी कार्यालय उद्घाटन गरेका थिए।

नेकपा एमाले खोटाङको अध्यक्षमा 'रडाँको'

नेकपा एमाले खोटाङको अध्यक्षमा रडाँको सुरु भएको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि मंगलबार एमालेको तत्कालिन उपाध्यक्ष रामप्रसाद दंगाललाई जिल्ला अध्यक्षमा मनोनयन गरेपछि तत्कालिन अध्यक्ष बबी चाम्लिङले आफु सो पदमा यथावत रहेको बताएका छन् ।

फोक्सिङटार ‘आर्क ब्रिज’ निर्माणमा ढिलासुस्ती

निर्माण व्यवसायीले हाल खोटाङतर्फको आर्क राख्ने रडको प्वाल ड्रिल लगाएर छोडिरहेको छ। बिमको फेदमा गरिएको ढलानमा रहेको आर्क राख्ने रड वर्षाको बाढीले बगाएको थियो। खोटाङलाई पूर्वी सहरसँग जोड्ने ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष राईले पुलसँग सम्बन्धित डिई शाह र निर्माण व्यवसायी थापालाई काठमाडौंमा एक ठाउँमा भेला गरेका थिए।

निःशुल्क स्वास्थ्य शिविर ३८१ जना लाभान्वित

जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउन्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह–आयोजनामा शुक्रबार र शनिबार सञ्चालन गरेको विशेषज्ञसहितको स्वास्थ्य शिविरको पहिलो दिन १ सय ४३ जना र दोस्रो दिन २ सय ३८ सर्वसाधारणले स्वास्थ्य सेवा पाएका हुन्।

स्वास्थ्य शिविरमा १ सय ४४ जनाको उपचार

स्वास्थ्य शिविरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ।

खोटाङमा ८० प्रतिशत रोपाइँ सकियो

खोटाङमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएकामा आइतबारसम्ममा ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

खोटाङमा एक जना कोरोना संक्रमित थपिए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक जना संक्रमित थपिएका छन् । आइतबार मात्र दुई पुरुष र एक महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको नगरपालिकामा सोमबार एक २५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको हो ।

हत्याले निम्त्याएको अर्को हत्या

खोटाङमा कान्छी श्रीमती तर्फका सालोले चिर्पट प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका २७ वर्षीय मिलन राईको चिर्पट प्रहारबाट ४७ वर्षीय भिनाजु पृतीलाल राईको बिहीबार साँझ मृत्यु भएको हो ।

खोटाङमा दोश्रो चरणको आरडिटी सुरु, २३ जनाको रिपोर्ट ‘नेगेटिभ’

खोटाङमा दोश्रो चरणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) सुरु गरिएको छ । पहिलो चरणमा विभिन्न देशबाट चैत यता घर फर्किएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका सर्वसाधारणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएकामा बुधबारदेखि स्वदेशभित्रकै विभिन्न स्थानबाट घर आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्ति वा संक्रमितको सम्पर्कमा रहेर आएका व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो ।

‘लकडाउन’मा खटिएका प्रहरीलाई सहकारीको साथ

खोटाङको दिक्तेलस्थित सक्रिय बचत तथा ऋण सहकारी संस्थाले ‘लकडाउन’का क्रममा बजारमा खटिएका प्रहरीलाई पानी, जुस लगायत प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि दिनरात खटिएका प्रहरीलाई सहकारीले लजिस्टीका सामग्री प्रदान गरेको हो।

खोटाङ मझुवागढी नगरपालिकामा मजदुरलाई खाद्यन्न वितरण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउन’का कारण काम गर्न नपाउँदा बिहान बेलुकी छाक टार्न समस्या भएका कामदारलाई खाद्यान्न सहयोग गरेको छ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्याला मजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुकीको छाक टार्नै नसक्ने अवस्थामा पुगेका मजदुरलाई नगरपालिकाले खाद्यान्न सहायोग गरेको हो।

खोटाङकाे दिप्रुङमा ४० र चिसापानीमा २० शैयाको क्वारेन्टाइन

कोरोना भाइरसको सम्भावित जोखिम रोकथामका लागि खोटाङका अधिकांश स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरिरहेका छन्। संक्रमणको आशंका गरिएका व्यक्तिलाई राख्नका लागि हलेसी तुवाचुङ नगरपालिकाले हलेसीमा क्वारेन्टाइन स्थल निर्माण गरेको छ। हलेसीमा सञ्चालित जाम्बाला रिसोर्टले उपलब्ध गराएको हलमा नगरपालिकाले बुधबार ११ शैयाको क्वारेन्टाइन निर्माण गरेको हो।

खोटाङका २७ विद्यार्थी एसइई दिन अयोग्य

खोटाङका २७ विद्यार्थीले एसइई परीक्षा दिन नपाउने भएका छन्। रेगुलरतर्फ वर्षभर विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा अयोग्य ठहरिएका छात्र/छात्रा एसइई परीक्षा दिन नपाउने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्