९ मंसिर २०८१ आइतबार
image/svg+xml

करबारे काँग्रेसको प्रशिक्षण

स्थानीय तहहरुले जथाभावी कर संकलन गरेको भन्ने आरोप आइरहेका बेला नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो पार्टीका तर्फबाट विजयी भएका प्रमुख तथा उपप्रमुखलाई करबारे प्रशिक्षण दिन थालेको छ।

नेपाल र चीनको सीमा बैठक तक्लाकोटमा सुरु

नेपाल र चीनका स्थानीय प्रशासन तथा सुरक्षा निकायको बैठक चीनको स्वशासित क्षेत्र तिब्बतको सीमावर्ती सहर तक्लाकोटको अलीमा सुरु भएको छ। चाइना नेपाल पोलिसी कोअपरेशन इन्फरमेशन बैठकमा तिब्बतसंग सीमा जोडिएका नेपालका तर्फबाट दार्चुला र हुम्ला जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता छ।

अन्तिम अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी

आगामी भाद्र १३ गतेदेखि मलेसियामा हुने एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारी स्वरुप श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो तथा अन्तिम अभ्यास खेलमा समेत जित हात पारेको छ।

तीन अङ्कले घट्यो शेयर बजार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज (अाइतवार) पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ७८ विन्दुले घटेर एक हजार १ सय ७५ दशमलव ७२ विन्दुमा पुगेको छ।

दुई नेपाली खेलाडी प्रतियोगिताबाट वञ्चित

दुई नेपाली खेलाडी एसियाली खेलकुद खेल्नबाट वञ्चित भएका छन्। इण्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सका २ नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन्।

बलात्कारका अपराधीलाई कडा कारबाही होस: नेकपा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर घटनाका अपराधीलाई कडा कारबाही दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ।

नीतिविपरीत रेडियो नेपालको जग्गा भाडामा

सरकारले २०६७ मा सरकारी जग्गा भाडासम्बन्धी नीति बनाएको थियो। उक्त नीतिमा नेपाल सरकारको स्वामित्वमा सञ्चालित संघसंस्था, कार्यालय, संस्थानलगायतले नेपाल सरकारको स्वीकृतिबिना घरजग्गा भाडामा दिन नपाउने व्यवस्था छ।

विश्वकर्मालार्इ तीन दिन थुनामा राख्न नुवाकोट अदालतको आदेश

विहिबार राती काठमाडौंबाट पक्राउ गरी नुवाकोट ल्याइएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई तीन दिन थुनामा राख्न नुवाकोट अदालतले अनुमती प्रदान गरेको छ।

दाेस्राे अभ्यास खेलमा नेपाल १ सय ७६ रनले विजयी

एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले दाेस्राे अभ्यास खेलमा समेत जित हात पारेको छ। नेपाली टोलीले दोश्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस नियमका आधारमा १ सय ७६ रनले पराजित गरेको हो।

कमलादीमा २ अर्बको लगानीमा ‘स्काईवाक’ बन्ने

वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ। शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको छ।

नेपाली फुटबलमा पहिलाे पटक ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रवार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास गरेको छ।

१८ अाैं एसियाड : अार्चरीमा नेपाल अंकका अाधारमा पराजित

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) को आर्चरीको रिकर्भ मिक्स खेलमा नेपाल १ अंकले पराजित भएको छ। नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टोली किर्गिस्तानको टोलीसँग पराजित भएको हो।

दाेस्राे अभ्यास खेलमा नेपालद्वारा ब्लुमफिल्डसामु ३ सय २४ रनकाे चुनाैती प्रस्तुत

मलेसियामा हुने एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोश्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २४ रनको लक्ष्य दिएको छ।

कांग्रेस केन्द्रीय समितिको बस्दै, महासमिति बैठकबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्