९ मंसिर २०८१ आइतबार
image/svg+xml

सरकारले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो

सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ।

मिर्गौला पीडित कुमालको उपचारमा प्रवासी नेपालीद्वारा सहयोग

मिर्गौला  पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ। रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि ८८ हजार ८८८ रुपौयाँ रकम सहयोग गरेको हो।

आर्मी र पुलिसलाई सफलता

विभागीय टोलीद्वय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब आइतबार राजधानीमा जारी ललित मेमोरियल यु–१८ च्याम्पियनसिपमा विजयी भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लब कुपन्डोललाई २–० ले पराजित गर्दा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई २–१ ले हरायो।

द्रुतमार्ग निर्माणको अवधि एक वर्ष थप्न सेनाको प्रस्ताव

२०७९ असोजभित्र आयोजना सम्पन्न हुनेगरी पूर्वनिर्धारित तालिका हेरफेर गरेर मन्त्रालयम प्रस्ताव पेस गरेका छौं ः योगेन्द्रबहादुर खाँण, उपरथी एवं आयोजना प्रमुख, नेपाली सेना

बजेटको छलफलमा मुख्यमन्त्री नआएपछि कांग्रेसद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै कांग्रेसले आइतबारको संसद बैठक अवरुद्ध गरेको हो।

कसरी जान्छ भूकम्प ?

भूकम्प एउटा दैवी तथा प्राकृतिक विपत्ति हो। अकल्पनिय र अनुमान गर्न नसकिने ठूलो विपत्ति नै भूकम्प हो। अकल्पनिय विपत्ति भएकै कारण पृथ्वीमा भूकम्पले ठूलो धनजनको ठूलै क्षति गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा आठ हजारभन्दा बढीको ज्यान गयो। यसबारे विश्व भरका वैज्ञानिक तथा विद्वानहरुले धेरै खोज अनुसन्धान पनि गरिरहेका छन्। तर वैज्ञानिकहरुले गरेका अध्ययन अनुसन्धानले ठोस तथ्यको भने पत्ता लगाउन सकिरहेको छैन्।

संसदमा सत्ता र प्रतिपक्षीबीच जुहारीः ‘झुटप्रसाद’ ओली भर्सेस ‘छेरबहादुर’ देउवा

प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता र प्रतिपक्षी सांसदबीच जुहारी भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले केपी शर्मा ओलीको सरकारले काम नगरेर झुटा आश्वासन बाँडेकाले प्रधानमन्त्रीलाई ‘कर प्रसाद, झुट प्रसाद ओली’को उपनाम दिए।

पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि

योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ।

इन्भेस्टमेन्ट बैंकद्वारा विशेष प्रस्ताव

जेबिल्स फाइनान्सको प्राप्तिपछि बैंकको कुल निक्षेप एक सय ४७ अर्ब रुपैयाँ र कुल कर्जा एक सय ३२ अर्ब रहने जनाइएको छ।

नेपाल–जर्मन चेम्बरमा नयाँ नेतृत्व

नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको २५औं वार्षिक साधारणसभाबाट अनुपबहादुर मल्लको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ।

ओलीप्रति अविश्वास

यतिबेला मुलुकका कार्यकारी प्रमुख हुन्– नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली। उनको वरिपरि देशको राजनीति घुम्ने गरेको छ। यसलाई हामीले स्वाभाविकै रूपमा लिनुपर्छ। उनका हरेक अभिव्यक्ति तथा व्यवहारले गहिरो अर्थ राख्ने गरेका छन्। मतदाताले उनको नेतृत्वलाई पत्याएर यस स्थानमा पुगेका हुन्, ५ वर्षका लागि। यस वास्तविकतालाई कतिपयले पचाउन नसकेका पनि हुन सक्छन्, उनका दलभित्र होस् अथवा बाहिर।

अलमलमा कांग्रेस, महाधिवेशन कि संरचना निर्माण?

नेपाली कांग्रेसभित्र १४औं महाधिवेशन गर्ने कि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने भन्नेमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच मतभेद तीव्र बन्दै गएको छ। सभापति शेरबहादुर देउवा पक्ष दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि नै विधानको व्यवस्था अनुसार विभागसहितका संरचना गठन गर्ने तयारीमा छ। तर, नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष त्यसको विपक्षमा छ।

विप्लवभन्दा सरकारबाट खतरा : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशमा विप्लवबाट भन्दा सरकारबाट धेरै खतरा रहेको बताएका छन्। ‘धार्मिक यात्रा गरिरहेका राजा र बैकल्पिक शक्ति भन्ने विप्लपबाट भन्दा बढी खतरा छ भने सरकारबाट संविधानमाथि ठूलो खतरा छ’, कांग्रेस पालुङटार नगर सम्मेलनमा बोल्दै उनले भने।

'राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ'

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्