११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाललाई पक्राउ गर्नुको कारण माग

सर्वोच्च अदालतले ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाललाई पक्राउ गर्नुको कारण सोध्दै बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ।

चिकित्सक–सरकार वार्ता : अपराध संहिता संशोधनमा लैजाने सहमति

मुलुकी अपराध संहिता संशोधनका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ । चिकित्सकहरुको विरोधपछि सोमबार स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघ तथा अन्य सरोकारवाला निकायबीच भएको छलफलमा कानुन संशोधनका लागि प्रक्रिया सुरु गर्ने सहमति भएको हो।

साफ च्याम्पियन्ससिपः नेपाल पाकिस्तानको सामना गर्दै, महर्जनको लक्ष्य उपाधि

बालगोपाल महर्जनले तीन वर्षअघि घरेलु मैदानमा नेपाललाई यु–१९ साफ च्याम्पियनसिपको उपाधि जिताएका थिए।

एसिया कप छनोटः नेपाल हङकङसँग भिड्दै, सबैको सम्भावना उत्तिकै

एसिया कप छनोट प्रतियोगिताको फाइनल खेल्ने झीनो आशासहित नेपाली क्रिकेट टोलीले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा स्थान बनाउनका लागि नेपाल जुन हालतमा छ, हङकङ पनि त्यही अवस्थामा छ।

अझै पाएन नेपालले बङ्गबन्धुको पुरस्कार राशि

बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जिते बापतको पुरस्कार नेपालले अझै पाउन सकेको छैन।

बिमस्टेक सम्मेलनमा दुई अर्ब बढी खर्चेर नेपालले के पायो? (भिडियो)

दुई अर्ब भन्दा बढी रुपैयाँ खर्चिएर गरिएको बिमस्टेक सम्मेलनबाट नेपालले चाहिँ के पायो त? चार बर्ष अघि नेपालले आयोजना गरेको सार्क सम्मेलन र हालै भएको बिमस्टेक सम्मेलन बीच के कस्तो फरक रह्यो त?

एसियाडमा रजत जित्ने खेलाडी सम्मानित

इण्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट एक मात्रै रजत विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नगद सहित सम्मान गरेको छ।

नेपाल बैंक–सिटी एक्सप्रेस सम्झौता

नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स (विप्रेषण) कारोबारसम्बन्धी परिमार्जित सम्झौता भएको छ।

कञ्चनपुर बलात्कार घटनाको अपराधीलाई सरकारले लुकायो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारका घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सरकार चुकेको बताएका छन्।

राेकिएन किर्ते नागरिकता धन्दा

किर्ते नेपाली नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले एक भारतीय व्यापारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

असोज १५ भित्र कांग्रेसले संशोधन मस्यौदा तयार गर्ने

नेपाली कांग्रेसले असोज १५ गतेभित्र नयाँ संविधानको व्यवस्थाअनुसार पार्टी विधान संशोधनका लागि मस्यौदा तयार पार्ने जनाएको छ।

नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह घोषणा

संघीय संसद्ले विदेशस्थित नेपाली दूतावास भएका र नेपालमा आवासीय राजदूतावास रहेका मुलुकमा संसदीयमैत्री समूह गठनको प्रक्रिया शुरु गरेको छ। सभामुख कृष्णबहादुर महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदको नाम घोषणा गरेर उक्त प्रक्रियाको शुभारम्भ गरेको हो।

विदेशमा रहेका नेपाली नागरिकलाई अब मतदानको अधिकार (फैसलाकाे पूर्णपाठ)

सर्वाेच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रोजगारी, अध्ययन, कुटनीति नियोगमा कार्यरत नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकार, संसद र निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको हो। न्यायाधीशद्वय मल्ल र भण्डारीकाे इजलासकाे पूर्णबाट अाइतबार सार्वजनिक गरिएकाे छ।

शेयर बजार नौ अङ्कले बढ्यो

साताको पहिलो दिन अाइतबार शेयर बजारमा सुखद शुरुवात भएको छ। नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ।

बंगबन्धु गोल्डकपः नेपाल प्यालेस्टाइन र ताजिकिस्तानको समूहमा

नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्