९ मंसिर २०८१ आइतबार
image/svg+xml

सेना परिचालन : शंका र यथार्थ

बारा र पर्साका केही ठाउँमा चैत १७गते आएको आंधीबेहरीलेआवासविहीन बनाएकाहरूका लागि घर बनाउने कामको जिम्मा मन्त्रिपरिषद्ले नेपाली सेनालाई दिएको छ। विभिन्न निकायसँग समन्वय गर्दै गृह मन्त्रालयले गर्नुपर्ने सो कामको जिम्मा सेनालाई दिनुको पछाडि ‘छिटै, सकभर वर्षात सुरु हुनुभन्दा अगाडि नै घर बनिसकून्’ भन्ने अभिप्राय निहित रहेछ।राजधानीलाई तराईसँग जोड्ने सबभन्दा छोटो दूरीको ‘द्रुतमार्ग’बनाउने कामसेनालाई दिइएको त हामी सबैलाई थाहै छ।

विद्युत् प्राधिकरणको नाफा दुई अर्ब ८४ करोड

नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ मा खुद नाफा दुई अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ।

लाइसेन्स फेल चिकित्सक विभूषित

नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो।

जुडोमा मनितालाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडोको पहिलो दिन नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनिताले प्रदेश–३ की कविता नेपालीलाई पराजित गरिन् ।

'सबै नेपालीको बैंक खाता' अभियान आजबाट सुरु

प्रधानमन्त्री केपी ओलीले सबै नेपालीको बैंक खाता खोल्ने अभियानको सुरुवात आफ्नै बुबाको खाता खोलेर गरेका छन्।

क्यानभासमा राेशन विककाे मन्दिर काष्ठकला

चित्रकार रोशन विकको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान (नाफा)का कुलपति केके कर्माचार्यले बिहीबार राजधानीको लाजिम्पाटस्थित अरूपण आर्ट ग्यालरीमा ‘उडन रिफ्लेक्सन’ नामक वाटरकलर चित्रकला प्रदर्शनी शुभारम्भ गरे।

संविधानमा सेना र सुरक्षा

सेना परिचालनजस्तो महत्वपूर्ण विषयमा सोही प्रकृतिका अन्य विषय नभनी ‘अन्य’ विषय भनिएकाले सरकारले अन्य कुनै पनि विषयमा सेना परिचालन गर्न सक्ने छूट दिएको भन्ने अर्थ लगाउन सकिन्छ।

सरू ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’

भक्तपुरकी सरु जोशीले राजधानीमा बुधबार साँझ सम्पन्न ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९’ नामक सौन्दर्य प्रतियोगिताको उपाधि जितेकी छन् । उनले आफ्ना २४ प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो संस्करणको उपाधि जितेकी हुन् ।

निगमले चैतको किस्ता पनि बुझाउन नसक्ने

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ ऋणको साँवा–ब्याजबापत बुझाउनुपर्ने चैतको किस्ता पनि तिर्न नसक्ने भएको हो।

२० लाख पर्यटकको लक्ष्य चुनौतीपूर्ण

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सुरु गरेको छ। पर्यटकीय सहर पोखराबाट शनिबार राष्ट्रियस्तरको यो अभियान थालनी भए पनि अहिलेकै पूर्वाधारका भरमा सरकारी लक्ष्य पूरा गर्न सहज नभएको व्यवसायीले बताएका छन्। पर्यटक भित्र्याउन सबैभन्दा बढी चुनौती पूर्वाधार अभाव रहेको व्यवसायीको भनाइ छ।

पात्रो फेरियो, फेरिएन अवस्था

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ। नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए।

गर्मीमा आठौं राष्ट्रिय खेलकुद

नेपालगन्ज रंगशालामा चहलपहल ह्वात्तै बढेको छ। अझैं पनि निर्माण भैरहेको नेपालगन्ज रंगशाला हेर्न स्थानीयले चासो देखाइरहेका छन्। रंगशालामा खेलकर्मीको भिड बढ्दै छ। आठौं राष्ट्रिय खेलकुदको माहोलले नेपालगन्जलाई दिन प्रतिदिन व्यस्त बनाउँदै गएको छ।

नेतृत्वको मनोमानीले पार्टी कमजोरः प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्वको मनोमानीले समस्या सिर्जना भइरहेको बताएका छन्।

यु १९ विश्वकप छनोट: नेपाल युएईसँग पराजित

पहिलो खेलमा सिंगापुर माथि जित निकालेको नेपालले दोश्रो खेलमा युएईसँग पराजित बनेको हो। शनिबार भएकोे खेल वर्षाले प्रभावित बनाए पछि नेपाल डिएल मेथडबाट १ रनले पराजित बनेको हो।

एक वर्षमै कमजाेर कांग्रेस, आन्तरिक किचलाेले बिर्सियो प्रतिपक्षी भूमिका

महासमिति सदस्यले गर्नु त समान्य कुरा थियो। तर पार्टी संगठनको जिम्मेवारी लिएर बसेका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्रकाे मुद्दा बाेकेर हिँडेपछि कांग्रेसलाई संविधानविपरीत हिँड्न खोजेको आरोपसमेत लाग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्