११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषय वस्तु राख्न पहल सुरु

धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले विद्यालय र विश्वविद्यालय तहको पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषयवस्तु समावेश गर्न पहल थालेको छ।

स्वामित्व/दायित्व ग्रहण

केही समयअघि नेपाल बार एसोसिएसनबाट आयोजित नवागन्तुक कानुन व्यवसायीहरूको प्रशिक्षणमा ‘पीडितशास्त्र र पीडित न्याय प्रणाली’ विषयमा प्रशिक्षकको हैसियतमा आमन्त्रित थिएँ। प्रेषित पत्रमा ‘मुुलुकी अपराध (संहिता) ऐन, २०७४ मा अपराधका पीडितलाई प्रदान गरिने क्षतिपूर्ति’ भन्ने उपशीर्षक पनि थियो।

नेपाल फर्कौं!

युरोपको कुनै प्रशासनिक कार्यालयमा जाँदा जो कसैलाई निकै आनन्द महसुस हुन्छ। मीठो मुस्कान, चिया–कफीको व्यवस्था, प्रशस्त सहयोगी मानिस र आफूले चाहेको काम अति सजिलरी फत्ते हुने त्यो ठाउँ जो कसैलाई फेरि जान पनि मज्जा लाग्छ।

‘छक्का पन्जा ३’को सम्मान

नेपाली फिल्मले प्रदर्शनको ५१ औं दिन मनाउने माहौल पछिल्लो समयमा बिरलै देख्न पाइन्छ। यही बिरलतालाई अन्त्य गर्दै गत असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ३’ ले मंगलबार प्रदर्शनको ५१ औं दिनको उत्सव मनाएको छ।

कांग्रेस भन्छ : अर्थतन्त्र गम्भीर जोखिमतिर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वमा सरकार गठनसँगै पुँजी पलायन तीव्र भएको दाबी गरेको छ। सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको समितिले तयार पारेको आर्थिक नीतिमा केपी ओली नेतृत्वमा सरकार गठनको नौ महिनामा व्यापार घाटा तीव्र भएको उल्लेख छ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आर्थिक नीति प्रस्तुत

प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेक्रम जारी रह्यो। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, महेन्द्र यादव, गुरुराज घिमिरे, अमृत अर्याल तथा केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो धारणा राखेका थिए।

शान्ति सुरक्षा दिन नसक्नेले सरकारबाट राजीनामा दिनुपर्छ : संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डा.डिला संग्रौलाले वर्तमान सरकार शान्ति सुरक्षा स्थापनामा असक्षम भएको आरोप लगाएकी छन्। सरकार गठन भएको नौ महिनाको अवधिमा नौ वटा राम्रो काम समेत नभएकाे उनले बताइन्।

‘नेपाल अप्रिलसम्ममा इयुको कालोसूचीबाट हट्ने’

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)माथि युरोपेली युनियन (इयु)मा कायम रहेको प्रतिबन्ध चाँडै हट्ने दाबी गरेका छन्। बुधवार सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री अधिकारीले हवाई उड्डयन क्षेत्रको विश्वको छाता संगठन (आइका)ले प्रतिबन्ध हटाइसकेको उल्लेख गर्दै इयुले पनि छिट्टै प्रतिबन्ध हटाउने दाबी गरे।

‘कांसाकार ज्यू, राजीनामा दिनुस अन्यथा मन्त्रीले हटाउनुस’

सत्तारुढ दलका सांसदले नै  वाईड बडी जहाज खरिदमा अनियमितताको मूख्य सुत्रधार रहेको भन्दै नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा मागेका छन्।

साझेदार नल्याई नेवानी सुधार गर्न सक्दैनः मन्त्री अधिकारी

पर्यटनमन्त्री रबिन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको व्यवसाय सुधार गर्न व्यावसायिक साझेदार भित्र्याउनु पर्ने बताएका छन्।

‘रेसिङ डिएनए’ यामाहा आर १५ भी३ नेपालमा

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित सुपर स्पोर्टस् बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ।

आफूखुसी ब्याज दिने बैंकरको सहमति

व्यक्तिगत निक्षेपमा लगाइँदै आएको ब्याजदरको सीमा हटाउने नेपाल बैंकर्स संघको निर्णयसँगै त्यस्तो निक्षेपको ब्याजदर बढ्ने भएको छ। मंगलबार बसेको संघको बैठकले व्यक्तिगत निक्षेपको ब्याजदर स्वतन्त्र रुपले बैंक आफैंले तोक्न सक्ने निर्णय गरेसँग व्यक्तिगत निक्षेपको ब्याजदर बढ्ने वातावरण बनेको हो।

लैगिक हिंसा नियन्त्रणका लागि प्रहरी सञ्जाल

नेपाल प्रहरीले स्थानीय तहका वडा वडासम्म लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन गर्ने भएको छ। लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य सञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यशाला गोष्ठीपछि प्रहरीले यसलाई देशभर सञ्जाल गठन गर्ने तयारी गरेको छ।

चौध महिनापछि कार्यकर्ता समायोजन प्रक्रिया सुरु

तत्कालीन फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकता भएको चौध महिनापछि बल्ल कार्यकर्ता समायोजनको प्रक्रिया थालनी भएको छ।

सभापतिको अधिकारबारे युवा नेता विभाजित

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टी सभापतिको अधिकारको विषयलाई लिएर विभाजीत भएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा जुटेका युवा केन्द्रीय सदस्यहरू पार्टी नयाँ विधानमा सभापतिलाई दिने अधिकारका विषयमा विभाजित बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्