११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन: मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन्।

उपाधि दौडमा थेट र चनानचिदा

मलेसियाका टेक झि सो र थाइल्यान्डका कुनलाभुत भितिदसरनले योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज २०१८ अन्तर्गत पुरुष एकलको उपाधिका लागि शनिबार एकअर्काबीच चुनौती प्रस्तुत गर्ने भएका छन्।

कांग्रेस भन्छ : अभिव्यक्ति स्वतन्त्रता खोस्दै सरकार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता खोस्न सक्रिय रहेको जनाएको छ।

नेकपामा चुलिँदै असन्तुष्टि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ।

एनआरएनको छैटाैं एशिया प्यासिफक सम्मेलन शनिबारदेखि

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न गैरआवासीय नेपाली सङ्घको एशिया प्यासिफिकको छैटाैं क्षेत्रीय सम्मेलन शनिबारदेखि हङ्कङमा शुरु हुने भएको छ।

निर्मला हत्यामा सरकारको संलग्नता छ : डा. संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा सरकारकाे संलग्नता रहेको बताएकी छन्।

परराष्ट्र नीतिमा सरकार फेल भइसक्याे : कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले परराष्ट्र नीतिमा ओली सरकार फेल भइसकेको बताएका छन्।

अब नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने

उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई आवश्यक पर्ने त्यस्ता तस्विर सित्तैमा उपलब्ध हुने गरी चीन सरकारसँग सम्झौता भएको जानकारी दिइन।

‘ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री’

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएको छ। शाही युवा शक्तिले आगामी पुस १ गते काठमाडौंमा गर्न लागेको विशाल मोटरसाइकल -यालीको बारेमा जानकारी दिन शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाए।

सरकारका काममा सत्तारुढ दलकै नेतामा असन्तुष्टी : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताएका छन्।

निगमले बोइङ बेच्न स्वीकृति माग्याे

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफूसँग रहेको एकमात्र बोइङ बिक्रीको लागि सरकारसँग स्वीकृति मागेको छ।

‘मिस वल्र्ड नेपालले जित्नेमा ढुक्क छौं’

‘मिस वल्र्ड नेपाल २०१८’ विजेता श्रृंखला खतिवडालाई जिताउन उनका बुवा विरोध खतिवडासहितको एक टोली बिहीबार चीन उडेका छन्। टोलीमा श्रृंखलाकी आमा मुनु सिग्देल, मामा माइजु, दाजुभाइ र साथीसहित ३१ जनाको टोली चीनतर्फ उडेका हुन्।

सात वर्षदेखि एउटै मुद्दामा कांग्रेस

नेपाली कांग्रेस पार्टी पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा ७ वर्ष लामो छलफल गर्दासमेत टुंगोमा पुग्न सकेको छैन। शीर्ष नेताहरू व्यक्तिगत र गुटगत लावहानीमा केन्द्रित हुँदा कांग्रेसले पदाधिकारीको विषय अझै टुंगो लगाउन नसकेको हो।

नेप्सेमा झिनो सुधार

बुधबार उच्च गिरावट आएको नेपाल स्टक एक्सेचेन्ज(नेप्से) परिसूचकमा आज झिनो सुधार आएको छ। परिसूचक २.७ अंकले बढेर ११सय २०.८७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्