११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जी एक हप्तादेखि अचेत

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । दिमागमा समेत असर परेकाले अहिले पनि उनी अचेत अवस्थामै रहेको चिकित्सकले बताएका छन् ।

भारतको महाराष्ट्रमा मात्रै १३ हजार प्रहरी कोरोना संक्रमित, १३६ को मृत्यु

पछिल्लो २४ घण्टामा प्रहरीसमेत सबै गरेर महाराष्ट्रमा १४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने यस अवधिमा ३२६ संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमित नेताको शव जबर्जस्ती लगेर दाहसंस्कार, सयौं सहभागी

नियमअनुसार कोरोना संक्रमित मानिसको दाहसंस्कार प्रशासनको निगरानीमा गर्नुपर्थ्याे । तर भाजपा समर्थकको समूहले धनबाद-बोकारो मुख्य सडक नै अवरुद्ध पार्दै दबाब दिएपछि प्रशासनका अधिकारी नेता सिंहको शव परिवारलाई बुझाउन बाध्य भएका हुन् ।

भारतमा राष्ट्रिय झण्डा च्यात्ने युवक पक्राउ

देशको पश्चिम बंगाल राज्यअन्तर्गत नाडिया जिल्लाबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जनाएको छ।

भारतमा २४ घण्टामा थपिए साढे ६४ हजार संक्रमित

सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ६४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर, फोक्सोमा फैलियो कोरोना

हिले उनलाई भेन्टिलेटरमा राखेर चिकित्सकले निगरानी गरिरहेका छन् ।

कोरोनाको चपेटामा उत्तर प्रदेश सरकार : ९ मन्त्री संक्रमित, दुईको मृत्यु

योगी आदित्यनाथ सरकारका स्वास्थ्य राज्यमन्त्री अतुल गर्ग कोरोनाबाट संक्रमित भएका हुन् । उनी आफैंले ट्विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

कोरोनामुक्त भनिएका भारतका गृहमन्त्री फेरि अस्पताल भर्ना

पछिल्लो हप्ता उनको स्वास्थ्य परीक्षण रिपोर्ट कोरोना नेगेटिभ आएपछि निको भएको भनेर उनी अस्पतालबाट घर गएका थिए । तर फेरि स्वास्थ्य समस्या देखिएपछि गृहमन्त्री शाहलाई मंगलबार दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो ।

भारतीय सहयोगका परियोजनाको समीक्षा

नेपाल–भारत आठौं संयुक्त निगरानी संयन्त्रको बैठक सोमबार सम्पन्न भएको छ। नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र भारतका तर्फबाट नेपालका लागि राजदूत विनयमोहन क्वात्राको संयोजकत्वमा सम्पन्न भर्चुअल बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजना शीघ्र कार्यान्वयन आवश्यक औंल्याएको छ।

भारतकाे उत्तर प्रदेशमा कोरोना संक्रमणबाट अर्का मन्त्रीको निधन

गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचारका क्रममा ७२ वर्षीय मन्त्री चौहानको निधन भएको हो । उनमा गत जुलाई १९ मा कोरोना संक्रमण भउको पुष्टि भएको थियो ।

विश्वमा एक दिनमा अहिलेसम्मकै अत्यधिक संक्रमित थपिए : डब्लुएचओ

बितेको २४ घण्टामा २ लाख ९४ हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएको हो । एक दिनमा थपिएको संक्रमतिको यो संख्या महामारी फैलिएयताकै बढी भएको डब्लुएचओले जनाएको छ ।

ओली–मोदी वार्ता, गतिरोध अन्त्य हुने विश्वास

सीमा विवादलाई लिएर दुई देशबीच संवादहीनताको अवस्था देखापरेका बेला प्रधानमन्त्री तहमा भएको टेलिफोन वार्ताले गतिरोध अन्त्य हुने विश्वास गरिएको छ ।

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन्: मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच टेलिफोन संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्