९ मंसिर २०८१ आइतबार
image/svg+xml

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री दाहाल

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको छेन्दु पुगेका छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन्।

छेन्दुमा महावाणिज्य दूतावास खोल्न नेपाललाई चीनको प्रस्ताव

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले दुई देशबीचको सम्बन्ध सुधार तथा सहकार्यलाई सहज बनाउन छेन्दुमा नेपालले महावाणिज्य दूतावास चाँडै खोल्नुपर्ने प्रस्ताव गरे। ‘सम्माननीज्यू नेपाल फर्कना साथ छेन्दुमा महाणिज्य दूतावास खोल्नेमा नेपाल सरकारले निर्णय लिनेमा आशावादी छु’, उनले भने, ‘महावाणिज्य दूतावास स्थापना भएमा हामीलाई धेरै सहज हुनेछ।’

उपराष्ट्रपति पुन बुधबार चीन जाँदै

उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्ने भएका छन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी बुधबार सिचुवानको राजधानी छेन्दु पुग्दैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्