एनबी बैंकद्वारा विद्यालयलाई सहयोग
नेपाल बंगलादेशल बैंकले काभ्रेको बनेपा–४, नालास्थित श्रीष्टीकान्त आधारभूत विद्यालयलाई दुई लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ।
नेपाल बंगलादेशल बैंकले काभ्रेको बनेपा–४, नालास्थित श्रीष्टीकान्त आधारभूत विद्यालयलाई दुई लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ।
नेपाली कांग्रेसको विधान मस्यौदा समितिले भदौं २१ गतेभित्र विधान संशोधनका लागि लिखित सुझाव पठाउन मातहतका सबै निकालाई आग्रह गरेको छ।
तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ।
पहिलोपटक एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सँग भएका दुई खेलको सिरिज एक एकको बराबरीमा टुङ्ग्याउँदै हौसिएको नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप खेल्ने सपना बोकी मलेसिया पुगेको छ। नेपालले एसिया कपको सपना साकार पार्न बुधबार हुने पहिलो खेलमा ओमानको सामना गर्दै छ।
सीमा सुरक्षा वार्ता लागि गएका प्रमुख जिल्ला अधिकारीको टोलीका सदस्य श्रीमतीलाई हिल्सा नाकामा छोडेर भागेका छन्। सीमावर्ती क्षेत्रका जनताको समस्या समाधान, लागु औषध ओसार पोसार तथा अन्तरदेशीय अपराध नियन्त्रणका बिषयवस्तु लिएर सिडिओ नेतृत्वको टाली वार्ताका लागि भदौ ८ गते चीनको स्वशासित क्षेत्र ताक्लाकोट गएको थियो।
नेपाल सरकार वैदेशिक रोजगार विभागले २००४ जुलाई ३० तारिखका दिन ३५ नेपाली कामदारलाई मध्यपूर्वको देश जोर्डनमा रोजगारीको लागि जान स्वीकृति दिन्छ। त्यसको करिब एक महिनापछि ती मध्येका १२ नेपाली हिंसाग्रस्त इराकमा इस्लामिक उग्रवादीहरु द्वारा मारिन्छन्।
इण्डोनेशियामा जारी १८ अाैं एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ। इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो। नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो।
नेपालका करिब ८३ प्रतिशत मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमै निर्भर छन्। जनसंख्या वृद्धिदर, व्यवसायिक कृषि प्रणाली अभाव, खाद्य अधिकार र खाद्य सुरक्षामा सरकारी उदासिनताले यो क्षेत्रमा संकट देखिएको छ।
सौन्दर्य प्रतियोगिता ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौं ठमेलकी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन्।
राजपा नेपालले आफुले नेतृत्व गरेका स्थानीय तहहरुमा कर बढाइएको भन्दै हल्ला गरिएकोमा आपत्ती जनाएको छ। उसले संघीयता विरोधिहरुले यस्ता हल्ला फैलाइरहेको बताउँदै स्थानीय तहहरु जनतालाई कुनै भार थप्ने मानसिकतामा नरहेको स्पष्ट पारेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हुँदै गएको बताएका छन्। नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा साेमबार यहाँ आयोजित कार्यक्रममा उनले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै कडा कानून नहुँदा गलत गर्नेहरु ठाडो शिर बनाएर हिँडिरहेको बताए।
जापानको राजधानी टोकियोमा दुई दिवसीय ११ औं नेपाल फेष्टिवर भएको छ। जापानस्थित नेपाली दूतावास र एनआरएनको जापानको संयुक्त आयोजनामा शनिवार र आईतबार दुई दिन आयोजना गरिएको नेपाल फेष्टिवलमा निर्मित बौद्ध स्तुपा फेस्टिबलको मुख्य आकषर्णको केन्द्र बन्यो।
बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलका लागि २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरन श्रेष्ठले नेपाली टोलीको घोषणा गरेका हुन।
नेपाल चलचित्र संघले अमेरिकामा रहेका तीन नेपालीहरूको संगठनसँगको सहकार्यमा पपुलर फिल्म अवार्ड आयोजना गर्ने भएकोे छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै अवार्डका बारेमा जानकारी गराएको हो।
ललितपुरको खुमलटारमा रहेको ४२ रोपनी जग्गा भाडामा दिँदा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले सरकारी निकायलाई नै अटेरी गरेको भेटिएको छ ।