९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेको बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः ओली

उनले प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाअभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्मा राख्नु लोकतन्त्रको विरुद्धमा भएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताए। उनले देशलाई प्रत्यायोजित ढंगले गलत बाटोमा लगिएको भन्दै देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिए।

आन्दोलन गर्न लोसपाको सर्कुलर

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकारण नगरेको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी समितिले देशव्यापी आन्दोलन गर्न मातहतका समितिलाई सर्कुलर जारी गरेको छ।

संविधान दिवसको दिन लोसपाले गर्‍यो जनकपुरमा विरोध प्रदर्शन

'केन्द्रीय सर्कुलर अनुसार हरेक साल असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै आएको छौं। हामीले संविधान दिवसको दिन कालो दिवस मनाउँदा प्रश्न गर्छ सत्तामा जाने मन्त्री हुने, भत्ता खाने र संविधानको विरोध पनि गर्ने? तर हामीले प्रष्ट रूपमा भन्न चाहन्छौं। मधेस आन्दोलन लक्ष्य सत्ता मात्रै थिएन। सत्तामा भएपनि र सत्ता भन्दा बाहिर भएपनि असोज ३ गतेलाई कालो दिवस रूपमा मनाउँदै आएका छौं।'

नेकपा एस र जसपाले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझायो

‘संविधान र कानुनको परिभाषा भित्र रहेर समानुपातिकतर्फको उम्मेदवारी दिएका छौं।’

संविधानको मूलबाटोबाहेक अर्को विकल्प छैन

समयक्रम र आवश्यकता अनुसार संविधानमा सुधार र परिमार्जन गर्दै जान सकिन्छ। तर, त्यो संसद्मार्फत नै गर्नुपर्छ। यसभन्दा बाहिर जाने अधिकार र छुट राष्ट्राध्यक्षदेखि कसैलाई पनि छैन।

एमालेसँग संवादमा लोसपा

तराई मधेसकेन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले नेकपा एमालेसँग औपचारिक तथा अनौपचारिक संवाद र सम्पर्क गरेका छन्।

आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न नेता कर्णको आग्रह

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका हुन्।

लोसपा अध्यक्ष ठाकुर सप्तरी–२ बाट सिफारिस

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिरफारिस गरिएको छ।

महन्थ ठाकुर बारा–४ बाट सिफारिस

लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आशन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले अध्यक्ष ठाकुरलाई सिफारिस गरेको हो।

ताप्लेजुङमा पाँच दलद्वारा उम्मेदवार सिफारिस

नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्। नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलबारबाट प्रदेश कमिटी स्तरीय छलफल सुरु गरेको छ।

गठबन्धनबारे प्रधानमन्त्रीको जवाफ पर्खंदै लोसपा

बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले देउवालाई भेटेर आफ्नो पार्टीलाई चुनावी गठबन्धनमा समेट्ने कि नसमेट्ने भनी अविलम्ब प्रस्ट जवाफ दिन आग्रह गरेका थिए।

ठाकुरले देउवालाई सोधे: गठबन्धनमा ल्याउने कि नल्याउने?

‘प्रधानमन्त्रीज्यूले लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन चाहेको देखिन्छ तर यसमा अन्य दलहरू एक मत हुन्छन् भन्नेमा हामी संशकित छौं,’ ती नेताले भने, ‘५ दलीय गठन्धनमा हामीलाई नल्याउने हो भने हामी स्वाभाविक रूपमा एमालेसँग चुनावी तालमेल गर्छौं। अब हामी धेरै दिन पर्खन सक्दैनौं।’

सत्ता पक्षसँग नजिकिँदै लोसपा र नेसपा

स्रोतका अनुसार लोसपालाई एमालेसँगको गठबन्धनमा सहभागी हुन नदिन देउवाले प्रयास गरिरहेका छन्। एमाले र लोसपाबीच गठबन्धन भए मधेस प्रदेशमा कांग्रेसलाई नोक्सान हुने देउवाको बुझाइ छ।

निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छः अध्यक्ष ओली

'लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन', उनले भने।

सत्ता र चुनावमा सहकार्य गर्न ठाकुरलाई देउवाको प्रस्ताव

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न र सत्ता गठबन्धनमा आबद्ध हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग प्रस्ताव गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्