९ मंसिर २०८१ आइतबार
image/svg+xml

मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाइयो: महासचिव गुरुङ

उनले भने, 'मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाएको छ, यसअघिको निर्वाचनमा एमालेसँगै हुँदा त्यति बेला पनि म उम्मेदवार थिए, त्यति बेला म मनाङकै बासिन्दा हुँदा पनि टुरिष्ट भइन तर अहिले लमजुङकै बासिन्दा भइसके अहिले कसरी टुरिष्ट उम्मेदवार हुन्छुु?'

ताप्लेजुङमा दलहरुले थाले चुनावी सभा

गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री र प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एसका उम्मेदवार खेमबहादुर वनेमले आफ्ना चुनावी प्रतिबद्धता र भने गठबन्धन दलका विभिन्न तहका नेताहरुले समेत आफ्नो भनाइ राखेका थिए। प्रदेशसभामा काँग्रेसका खगेनसिंह हाङ्गामको आफ्नै चुनावी अभियान चलिरहेको छ।

'पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार'

'भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भइ जनताको जीवनस्तरमा केही सुधार आएको छ, यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो', उनले भनिन्, 'समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने हाम्रो लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी छ।'

अर्को निर्वाचन आउँदा ६५ वर्ष पुग्छु, प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक होः पम्फा भुसाल

'अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु। अरु कुनै कारणले होइन्, म चाँही अब उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग। गल्लीगल्ली पुग। सबै ठाउँ पुग। अब मसँग त्यो इच्छा छैन। अब म भन्दा युवा साथीहरु आउनुहोस्। मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भनेपनि हुन्छ।'

जसपाको घोषणापत्रमा के छ, लोसपाको घोषणापत्र कहिले?

'प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेका छौँ', उनले भने, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउने र समानुपातिक समावेशिता र पहिचानको अधिकारलाई सुनिश्चित गर्ने विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित रहेको छ।'

नागरिकलाई नागरिकता दिनु अपराध हो भने त्यो अपराध गर्न तयार छौँः प्रधानमन्त्री

‘अहिलेको गठबन्धनलाई चुनाव जिताएर दबाव दिनुपर्‍यो। गठबन्धनले चुनाव जित्यो भने नागरिकताविहीनलाई गठबन्धनको सरकारले नागरिकता दिलाएर छाड्ने बताए।’

मंसीर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासको गति अगाडि बढछः केपी ओली

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।

चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुन्छः पर्यटनमन्त्री श्रेष्ठ

वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरूबीच रहेको गठबन्धन कायम रहने बताए। काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ख को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए।

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन: भट्टराई

नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै डा. बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए।

खोटाङमा ‘बागी’को उम्मेदवारी फिर्ताले गठबन्धनलाई सहज

खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध परेको नेपाली काँग्रेसकै नेताको ‘बागी’ उम्मेदवारी फिर्ताले नतिजा ल्याउन सहज देखिएको छ।

लोसपालाई सात सिट

सत्ता गठबन्धन दलहरू महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १६ सिट दिन सहमत भएका छन्।

धनुषा निर्वाचन क्षेत्र ३ एमालेको लागि छाडेर राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दिने

लोसपाले धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यको लागि महतोको एकल नाम सिफारिस गरेको थियो। लोसपाको नेकपा (एमाले)सँग चुनावी तालमेल हुने सम्भवना बढेपछि धनुषा निर्वाचन क्षेत्र नं. ३ एमालेको लागि छाडेर महतो सर्लाही–२ बाट उम्मेदवारी दिने बुझिएको छ।

चुनावको मुखमा बिलखबन्दमा लोसपा

एक वर्षअगाडि गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावको मुखमै बिलखबन्दमा परेको छ।

ओलीबाट प्रभावित भएर एमालेमा प्रवेश गरेः उमा शंकर अरगरिया

'केपी ओली नेतृत्व सरकारको हुलाकी सडक बन्यो। धनुषा निर्वाचन क्षेत्र दुईका १७ वटा गाउँमा बिजुली थिएन त्यो पनि ओली सरकारकै पालामा बिजुली बल्यो।'

लोसपाका एक सांसद भित्र्याउन भोलि धनुषा आउँदै ओली

२०७४ सालको आम निर्वाचनमा मधेस प्रदेशमा २ सिट मात्रै जितेका नेकपा एमाले अगामी निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न एमाले अध्यक्ष ओली मधेस दौडहामा लागेका छन्। २०७४ सालको निर्वाचनमा एमालेले मधेस प्रदेशमा रहेको ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुई वटा क्षेत्रमा मात्र जित्न सफल भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्