बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
आफ्नो समूहको अन्तिम लिग खेलमा शनिबार बंगलादेशलाई ३–० ले पराजित गर्दै आयोजक नेपाल विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा समूहविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ।
आफ्नो समूहको अन्तिम लिग खेलमा शनिबार बंगलादेशलाई ३–० ले पराजित गर्दै आयोजक नेपाल विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा समूहविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ।
पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले ३–० को अग्रता लिएको छ।
नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान्। मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ। काठमाडौँ घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ।
नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए।
एक खेल अगावै अन्तिम चारमा स्थान बनाएको साफ च्याम्पियनसिप महिला फुटबलको आयोजक देश नेपालले आज(शनिबार) बंगलादेशसँग समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा गर्दै छ। यसअघिका संस्करणमा नेपाल बंगलादेशविरुद्ध अपराजित हुँदै आएको छ।
सुमन तामाङ र निस्मा श्रेष्ठ नवौं राष्ट्रिय एमटिबी डाउनहिल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्। गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शुक्रबार नेपाल साइक्लिङ संघद्वारा आयोजित डाउनहिल च्याम्पियनसिपको पुरुषतर्फ सुमन र महिलातर्फ निस्मा च्याम्पियन भएका हुन्।
चालू आर्थिक वर्षको सात महीनामा कूल वस्तु व्यापार घाटा २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ। व्यापार घाटा बढेर रु सात खर्ब ८० अर्ब १७ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको विवरणमा व्यापार घाटा बढेको उल्लेख गरेको छ। सो अवधिमा कूल वस्तु आयात २६ प्रतिशतले बढेर रु आठ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ दशमलव नौ प्रतिशतले बढेको थियो।
गोपाल किराँती समूहको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपा समूहसँग पार्टी एकता हुनसक्ने बताएकाे छ। आठौँ महाधिवेशनको निर्णय सार्वजनिक गर्न रिपाेर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले भने, "किरण (माेहन वैद्य) कमरेडसँग हाम्रो छलफल भइरहेकै छ। विप्लवजीको समूहलाई सरकारले प्रतिवन्ध लगाएको छ। तर हामीले पार्टी एकताका लागि निरन्तर छलफल जारी राखिरहेका छौं।"
संस्थापन समूहले पेल्न खोजेको आरोप असन्तुष्ट समूहको छ भने संस्थापन समूहले असन्तुष्ट समूहका कारण काम गर्न नसकिएको भन्दै प्रतिरक्षा गर्दै आएको छ।
आगामी वैशाख १ गतेदेखि पाँच लाख रुपैयाँ र सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताले अनिवार्य रुपमा प्यानको दायरामा आउनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काललाई पाँच लाखभन्दा बढीको कारोबार गर्नेहरुलाई अनिवार्य रुपमा प्यानको दायरामा ल्याएको हो।
नेपाल वायुसेवा निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन्। बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको क्रममा रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण गरेका छन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपाय अपनाई जंगी अड्डाको पुनःनिर्माण गरिएको बताए।
पाँच नम्बर प्रदेशमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नतोकिँदा अन्योलता छाएको छ। प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण कार्य पूरा नहुँदा मिति तोक्न ढिलाइ भएको हो। प्रतियोगिताको मिति नतोकिँदा अन्योल छाएको खेलाडी तथा प्रशिक्षकहरू बताउँछन्।
नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप २०१९’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ। सडक दुर्घटनालाई कम गर्ने उद्देश्य राखेर होन्डाले रेसिङका लागि उत्साहित राइडरहरूलाई आफ्नो स्किल देखाउनका निमित्त सुरक्षित मञ्च प्रदान गरेको छ।
२०१६ को फाइनल भिडन्तमा भारतसँग पराजित हुँदै उपविजेता बनेको बंगलादेशले बिहीबार साफ महिला च्याम्पियनसिपमा भुटानलाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ।