१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

युवक मृत फेला

भोजपुर नगरपालिका –७ बसपार्क नजिकै एक युवा मृत अवस्थामा फेला परेका छन्।आइतवार ओखलढुङ्गा ज्यामिर घर भई हाल भोजपुर सदरमुकाम वस्दै आएका भिम वहादुर मगरका ३२ वर्षीय छोरा तेज वहादुर मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

भोजपुरमा जीप दुर्घटना : ११ घाइते, २ को अवस्था गम्भीर

हतुवागढि गाउँपालिका ४ खैराङ्गमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइते मध्ये २ को अवस्था गम्भीर रहेको छ। हसनपुरबाट घोडेटार तर्फ गइरहेको को १ ज ९० नं काे जीप आइतबार दिउँसो खैराङमा अनियन्त्रित भइ दुर्घटनामा परेकाे थियाे।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, दस घाइते

भोजपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएकाे छ भने दस जना घाइते भएका छन्।

बोटबाटै ५० लाख बढीको रुद्राक्ष चोरी

रुद्राक्ष दानाको व्यापारमा वृद्धि भएसँगै चोरी र लुटपाटको घटनामा वृद्धि हुन थालेको छ। भोजपुरको षडानन्द नगरपालिकाको ताबुमा २ करोड बराबरको रुद्राक्ष बोटबाटै लुटपाट भएको घटना सेलाउन नपाउँदै तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा पनि रुद्राक्ष चोरी भएको घटना बाहिरिएको छ।

चन्द माओवादीका प्रवक्ता भोजपुर अदालतमा

नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ। प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरमा ३ वटा मुद्धा दायर छ। नुवाकोटबाट काठमाडौं विराटनगर हुँदै प्रकाण्डलाई मंगलवार राति भोजपुर ल्याइएको थियो।

चन्द समूहका प्रवक्ता विश्वकर्मालाई  भोजपुर लगियो

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गवहादुर विश्वकर्मा  'प्रकाण्ड'लाई भोजपुर लगिएको छ। मङ्गलबार काठमाडौंबाट श्री एयरलाइन्सको विमानमा  विराटनगर  विमानस्थल हुँदै भोजपुर  लगिएको हो।

खानेपानीको लागि ६८ करोडको सम्झौता

भोजपुर सदरमुकामको बढ्दो खानेपानी समस्यालाई समाधान गर्न सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना भोजपुर नगरपालिका र सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिबीच ६८ करोड ५२ लाख ६० हजार १ सय ९४ लागतको वित्तीय सम्झौता भएको छ।

विद्यालय गएका बालक मृत फेला

भोजपुरमा एक वालक मृत अवस्थामा भेटिएका छन्। भोजपुर नगरपालिका २ धापखर्क आधारभुत विद्यालयमा पढ्न गएका सुवास तामाङ्ग मृत फेला परेका हुन्।

भोजपुरमा लक्ष्य भन्दा बढी मुद्दाको फैसला

जिल्ला अदातल भोजपुरले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ। अदालतले गत आर्थिक वर्षमा १ सय ८२ वटा मुद्दा फछ्यौंट गर्ने लक्ष्य राखेकोमा २ सय ७ ओटा मुद्दा फछ्यौंट गर्न सफल भएको हो।

भोजपुरमा ट्याक्टर पल्टिँदा एकको मृत्यु

भोजपुरको हतुवागढी  गाउँपालिका २ रानीवासको लुङ्गीनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

भोजपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

भोजपुर सदरमुकाममा डेरा गरी बस्दै आएकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ। टेम्के मैयुङ्ग कटि घर भई हाल ललितपुरको हात्तीवनमा बस्ने ४५ वर्षीय मित्र राईले जबरजस्तीकरणी गर्ने प्रयास गरेको पीडित परिवारले बताएका छन्।

आजदेखि भोजपुर-काठमाडौं हवाई उडान सुचारु

आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ। नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ ।

भोजपुरी सिनेमाका स्टारहरुको जमघट

रौतहटको गरुडामा शनिबार साँझ भएको गरुडा सांस्कृतिक कार्यक्रममा भोजपुरी सिनेमाका प्रसिद्ध कलाकारहरुको जमघट भएको छ। साढे दुई सयभन्दा बढी भोजपुरी चलचित्रमा नायिकाको भूमिका निर्वाह गरिसकेकी रानी चटर्जी, आइटम गर्ल सीमा सिंह तथा अन्य कलाकारहरुको जमघट भएको हो।

अनुप स्मृति गोल्डकप : भोजपुर र बुईपा सेमीफाइनलमा

खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपमा भोजपुर नगरपालिका र खोटाङकै बुईपा सेवा समाज बुईपा सेमीफाइनल प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्