८ मंसिर २०८१ शनिबार
image/svg+xml

हलेसी महादेबस्थानको भेटी चोरी

खोटाङको हलेसी महादेबस्थानको भेटीसहित चार पसल चोरी भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित महादेबमन्दीरको भेटीघाटीसहित स्थानीय पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसल चोरी भएको हो।

तालबाराहीको भेटी अझै पूजारीकै पोल्टामा

कानुनले भेटी व्यवस्थापनको सम्पूर्ण जिम्मा व्यवस्थापन समितिलाई दिए पनि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा यो नियमले छोएको छैन। तालबाराहीमा संकलित लाखौं रुपैयाँ भेटी अझै पनि पूजारीको पोल्टामा जाने गरेको छ। मन्दिरकै पैसाले पूजारी घरपरिवार चलाउने गरेका छन् ।

साउनमा आशापुरेश्वरमा ८ लाख भेटी संकलन

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल आशापुरेश्वर शिवालय मन्दिरमा साउन महिनाभरिमा ८ लाख रुपैयाँ भेटी संकलन भएको जनाएको छ।

गोसाइँकुण्ड मन्दिरको भेटी रु ३० हजार उठ्यो

पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० हजार भेटी चढाएका छन्। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी रु २९ हजार ८८७ सङ्कलन भएको हो। पुजारीले जम्मा गरी ल्याएपछि धुन्चेमा भेटी गणना गरिएको हो।

चैते दशैंमा साँढे १७ लाख भेटी संकलन

यहाँको प्रशिद्ध बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैंका अवसरमा रु १७ लाख ५४ हजार भेटी संकलन भएको छ । चैते दशैं अवधीभर १७ लाख ५४ हजार ९ सय ५३ रुपैयाँ संकलन भएको गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

पाथीभरा मन्दिरको भेटी रकम चोरी

पूर्वको पवित्र तिर्थस्थल पाथीभरा मन्दिरबाट भेटी र सहयोग गरेको रकम चोरी भएको छ। तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्वर्दन समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको हो।

आश्रम चल्छ भेटीले

पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी आश्रम भेटीकै भरमा चलिरहेको छ। आश्रमको स्वामित्वमा विभिन्न ठाउँमा रहेका गुठी जग्गा उपभोग गर्न नपाउँदा नियमित आश्रम सञ्चालनमा समस्या छ।

वागेश्वरीको भेटी महन्तको झोलीमा

पश्चिम नेपालको शक्तिपीठ वागेश्वरी मन्दिर। मन्दिर दर्शन गर्न र विभिन्न धार्मिक कार्य गर्न देशविदेशबाट वार्षिक कति भक्तजन आउँछन् र उनीहरूबाट कत्ति दानदक्षिणा प्राप्त हुन्छ, यकिन छैन। अनुमानमा वार्षिक ५० लाख रुपैयाँबराबर नगद तथा सुनचाँदी संकलन हुन्छ।

छिनमै हराउँछ भेटी

जिल्लाका प्रसिद्ध धार्मिक स्थल मनकामना, गोरखकाली र गोरखनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी छिनमै हराउँछ। भेटी चढाएर भक्तजन ओझेल परिनसक्दै नगदा तथा गरगहना पुजारीको खल्तीमा पुग्छ।

भेटीले मात्र प्रदेश धान्न सकिँदैन : पूर्वमन्त्री यादव

जनकपुरस्थित जानकी मन्दिरको भेटीबाट प्राप्त हुने आम्दानीले २ नम्बर प्रदेश धान्न नसकिने सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवम पूर्वमन्त्री हरिनारायण यादवले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्