हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङस्थित सडकखण्डबाट १४३ किलो ३ सय ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङस्थित सडकखण्डबाट १४३ किलो ३ सय ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड–१९ सङ्कट व्यवस्थापनले बजार निषेधाज्ञामा बजार क्षेत्र भीडभाड नहोस् भन्दै उपभोग्य वस्तु बिहान ४ः०० देखि ९ः०० बजेसम्म बिक्री वितरण गर्न अनुमति दिएपछि बजार क्षेत्रमा भने अत्यधिक भीड हुने गरेको छ।
वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणलाई गति दिन तीनै तहका सरकारविच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभा बैठकको उद्घाटन गरेपछि उनले जनताले देखिनेगरी विकास गर्न सवै सरकार एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।
वाग्मती प्रदेश सरकारले दुई दशकदेखि बन्द भएको काठमाडौं–हेटौंडा रोपवे फेरि ब्युँताउने प्रयास गरेको छ। वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले १८ वर्षदेखि ठप्प रहेको काठमाडौं– हेटौंडा रोपवे फेरि सञ्चालन गर्ने योजना बनाएको छ।
बाग्मती प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी राजधानी हेटौंडामा शनिबारबाट सुरु भएको छ। संघीय सरकारको गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा गोष्ठी भएको हो।
वाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको पहिलो प्राथमिकतामा रहेको हेटौंडा–काठमाडौं सुरुङ–मार्ग नयाँ वर्षसँगै निर्माण थालिने बताएका छन् । प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा हेटौंडामा शनिबार आयोजित कार्यक्रममा उनले प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेकाले सुरुङ–मार्ग निर्माणलाई प्राथमिकता दिइएको बताए ।
प्रदेश ३ को नाम बाग्मती तोकिएको छ भने स्थायी राजधानी हेटौंडा कायम गरिएको छ। प्रदेशसभाको आइतबार हेटौंडामा सम्पन्न बैठकले सर्वसम्मत रूपमा बाग्मती नामकरण गरेको हो। स्थायी राजधानीका लागि भने मत बाँडियो।
प्रदेश ३ को राजधानी हेटौँडा कायम भएको छ। आइतबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाई मतसहित राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभा बैठकबाट पारित भएको हाे।
प्रदेश ३ को राजधानी हेटौंडा तोक्ने तयारी विरुद्ध दोलखावासी आन्दोलित भएका छन्। सत्तारुढ नेकपा सचिवालयको निर्देशन लगत्तै राजधानी हेटौंडा तोक्ने तयारी भएपछि आक्रोसित स्थानीयले मंगलबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका हुन्।
मकवानपुरको हेटौंडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमा ट्यापिङ गरी त्यस क्षेत्रमा आपूर्ति गरिने छ ।
मकवानपुरको हेटौंडामा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यबाहक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार परियोजनाको शुभारम्भ गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा खटिएको संयुक्त अनुगमन टोलीले त्रिभुवन राजपथ चौकीटोल, हेटौँडा–नारायणगढ सडकखण्डको थानाभर्याङ र स्थानीय बसपार्कमा रहेको विभिन्न होटल र मिठाइ पसल गरी २० वटा पसलमा आज स्थलगत अनुगमन गरी अखाद्य वस्तु मिसावट र अन्य खानेकुरा जफत गरेको छ।