९ मंसिर २०८१ आइतबार
image/svg+xml

लिबियामा १६ जना विद्रोही लडाकू मारिए

संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन्।

लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार

लिबियाली तटीय रक्षकहरुले शनिबार राजधानी त्रिपोलीबाट करिब ६० किलोमिटर पश्चिमको सब्राथा तटीय जलक्षेत्रबाट ५३ जना अवैध आप्रवासीलाई उद्धार गरेको छ।

लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्ध विराम गर्न आग्रह गरेको छ। तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो।

इटाली जान हिँडेका नेपालीकोे लिबियामा मृत्यु, श्रेष्ठ परिवारमा रुवाबासी

वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक इटाली जाने सपना बुनेर घरबाट निस्किएका बेंसीसहरका एक युवकको लिबियामा मृत्यु भएको खबरले उनको परिवार र आफन्तजन शोकमा डुबेका छन्।

लम्बिँदै लिबियाली लडाइँ

अहिलेसम्मको घटनाक्रम हेर्दा लिबियाली द्वन्द्वको राजनीतिक समाधान हुने सम्भावना क्षीण बन्दै गएको छ। अब यसको एउटै समाधान भनेको कुनै एउटा पक्षको निर्णायक विजय नै हो।

रोजगारको प्रलोभनमा लिबिया पुगेका १५ नेपालीको उद्धार

रोजगारको प्रलोभनमा परेर अवैध रुपमा युद्धग्रस्त लिबिया पुगेका १५ जना नेपालीलाई उद्धार गरिएको छ। इजिप्टको कायरोमा रहेको नेपाली दूतावासको पहलमा रोजगारको आश्वासनमा अवैध रुपमा पु-याइएका १५ नेपालीलाई उद्धार गरी ट्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)को क्याम्पमा राखिएको छ।

राष्ट्रसंघले भन्याे – 'लिबियाबाट नेपाली सैनिक फिर्ता गर्ने योजना छैन'

संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेको छ। गृहयुद्ध चर्किएको अफ्रिकी मुलुक लिबियाको राजधानी त्रिपोलीमा खटिएका नेपाली सैनिक तत्काल फिर्ता नहुने नेपाली सेना प्रवक्ता विज्ञानदेव पाण्डेलेसमेत बताएका छन्।

नेपाली शान्ति सैनिक फिर्ता गर्न छलफल

नेपालले द्वन्द्वग्रस्त अफ्रिकी मुलुक लिबियामा तैनाथ नेपाली शान्ति सैनिक फिर्ता गराउने विषयमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा छलफल थालेको छ। लिबियाको विद्रोही फौज ‘लिबियन नेसनल आर्मी’बाट राजधानी त्रिपोलीमाथी हमला गर्ने जोखिम औंल्याउँदै नेपालले राष्ट्रसंघका अधिकारीसँग त्यहाँ तैनाथ नेपाली शान्ति सैनिक फिर्ताबारे परामर्श थालेको हो।

अमेरिका र भारतले सेना हटाउँदा किन फर्किएन नेपाली सेना?

‘जबसम्म मिसन हट्दैन तबसम्म हाम्रा सुरक्षाकर्मी पनि हट्नु हुँदैन भन्ने मेरो धारणा हो। त्यहाँ खतरा छ भनेरै शान्ति मिसनमा स्पेसल फोर्स पठाएको हो’, पूर्वरथी सीबी गुरुङले भने, ‘मिसन नहटी फर्के अप्ठ्यारो परेको बेला भाग्दो रहेछ भन्ने सन्देश जान्छ।’ अमेरिका र भारतले सुरक्षा संवेदनशीलता देखेर आफ्ना सेना त फर्कायो नि? भन्ने प्रश्नमा गुरुङ भन्छन्, ‘अरू र हामीमा यही फकर हो नि! खतरा छ भन्दैमा भागरे कहाँ जाने? फर्केर आउने? त्यसो गर्दा हाम्रो औचित्य के?’

सुरक्षा जिम्मा नेपाली सेनाको काँधमा

अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रूपमा अन्यत्र सारिएको छ। द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ।

लिबियामा कार्यरत नेपाली सुरक्षाकर्मी सुरक्षित छन् : सेना

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ लिबियामा खटेका २३१ जना सुरक्षाकर्मी सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। अफ्रिकी मुलुक लिबियको त्रिपोलीमा केही दिनदेखि विद्रही समूह ‘द लिवियन आर्मी’ले अक्रमण अघि बढाएसँगै त्यहाँ सुरक्षा चुनौती थपिएको छ।

लिबियामा ६ लाख अवैध आप्रवासी

लिबियामा ६ लाख भन्दा बढी अवैध आप्रवासीहरु रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले जनाएको छ।

लिबियाको जेलबाट ४ सय बन्दी फरार

लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय बन्दी फरार भएका छन् ।सरकारी सुरक्षाकर्मीहरु र लडाकूबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन्।

लिबियामा राजनीतिक संकट अन्त्य गर्न आग्रह

लिबियाका प्रधानमन्त्री फाएज सेराजले देशमा जारी राजनीतिक गतिरोधको अन्त्यका लागि सबैसँग आग्रह गरेका छन् । उनले देशको संविधानसभामा जनमत संग्रहसम्बन्धी कानुन निर्माणको प्रस्ताव भइसकेकोले उक्त कानुन पारित गरेर देशमा राजीतिक गतिरोधको अन्त्य गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । जनमत संग्रहसम्बन्धी कानुन निर्माणका लागि बिहीबार संसदको अधिवेशन आह्वान गरिएको छ । ‘जनमत संग्रहसम्बन्धी कानुनका बारेमा निर्णय गर्न हामीले संसदको बैठक आह्वान गरेका छौं, अब यसैबाट देशले निकास पाओस् भन्ने हाम्रो आग्रह छ’ उनले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्