९ मंसिर २०८१ आइतबार
image/svg+xml

निषेधाज्ञामा निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह

खानेकुराको अभावले कोही पनि भोकै बस्नु नपर्ने भन्दै रकम अभावले खाद्यान्न समस्यामा परेकाले खबर गर्न आग्रहसमेत गरे।

खाद्यान्न पसल एक साता बन्द

दैनिक रूपमा खाद्यान्न पसल खोल्दा मानिसको भीड भएर कोरोना संक्रमण फैलिएको भन्दै उपत्यकाका स्थानीय प्रशासनले एक साताका लागि खाद्यान्न पसल बन्द गर्ने निर्णय गरेका हुन्।

तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात

महामारी नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिए पनि खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु नियमित रूपमा आयात भइरहेकाले कुनै समस्या नरहेको विभागको दाबी छ।

खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीका चार ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। बजारमा खाद्यवस्तु तथा तरकारीको सहज आपूर्तिका लागि भन्सार क्लियरिङदेखि सहज ढुवानीका लागि सहजीकरण गरेको जनाएको छ। कालोबजारी र अभाव नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाएको बताइएको छ।

पौने तीन लाख बराबरको खाद्यान्न र हार्डवेयरका सामान बरामद

वीरगञ्जबाट प्रहरीले पौने तीन लाख बराबरका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले भन्सार छली ल्याउँदै गरेको खाद्यान्न तथा हार्डवेयरका सामान बरामद गरेको जनाएको छ।

विदेशी फुटबलरलाई खाद्यान्न

गसिप क्विन नेपालले घरेलु लिग फुटबलमा विभिन्न क्लबबाट खेल्दै आएका विदेशी फुटबलरलाई खाद्यान्न सामग्री प्रदान गरेको छ। अनलाइन सपिङ स्टोरसमेत रहेको गसिफ क्विनले महामारीका कारण आर्थिक समस्यामा परेका २८ विदेशी फुटबलरलाई खाद्यान्न सामग्री प्रदान गरेको हो।

खाद्यान्न सकिएपछि गाउँ घुम्न बाध्य

‘घरमा एक मुठ्ठी अन्न छैन, खेतबारीमा लगाएको धान, कोदो र मैकै पाक्ने समय भएको छैन। किन्नलाई पैसा छैन, साहुले उधारो दिँदैनन्,’ कोरोना भारइसभन्दा ठूलो भोक ठानेर रोगको प्रवाह नगरी आफ्नै हातले बुनेका डोका बोक्दै घर दैलोमा बेच्न हिँडेको मष्टा गाउँपालिका–२ तुतिकी ४३ धनसारा बोहराको दुखेसो छ, ‘कोरोना लागेर मान्छे मरेको खबर नसुनेको पनि होइन।

देशको खाद्यान्न भकारी प्रदेश २

सरकार(हरू)ले थोरैमात्र इमान्दारिता देखाउने हो र सरकारले ल्याउने कृषि योजनाहरूमा वास्तविक किसानको पहुँच हुँदो हो भने प्रदेश नं. २ सरकारले वाग्मती मात्रै होइन, नेपालका हरेक प्रदेशलाई खाद्यान्न निर्यात गर्ने ल्याकत राख्छ।

नगरपालिकाका ६५ घर परिवारलाई खाद्यान्न प्रदान

राङज्यूङ येशे शेनफेन नामक सामाजिक संस्थाले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ६५ घर परिवारलाई खाद्यान्न प्रदान गरेको छ ।

पहिरोस्थलमा लैजानुपर्ने खाद्यान्न ब्यारेकमा थन्कियो

बाढीपहिरो गएको करिब एक सातापछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली आउने जानकारी पाएपछि सदरमुकाम बेनीमा थन्किएको खाद्यान्न सामग्रीलाई ढुवानी गर्ने तयारी भइरहेको थियो ।

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभावः चामल प्रतिकेजी २ सय ५० रूपैयाँ

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ। गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो।

गिठाले छाक टार्ने वशन्तपुरबासीले खाद्यान्न पाए

कोरोना भाइरसको संक्रमणका कारण भईरहेको बन्दाबन्दी (लकडाउन)ले थाकल र गिठाले छाक टार्दै आएका वशन्तपुरबासीले खाद्यान्न पाएका छन् ।

खाद्य सुरक्षालाई प्राथमिकतामा राख्न सुझाव

कोरोना महामारीको समयमा खाद्य असुरक्षा हुने सम्भावना बढेको भन्दै जिल्लास्थित सरोकारवालाले खाद्य सुरक्षालाई प्राथमिकतामा राख्न स्थानीय तहलाई सुझाव दिएका छन् । जिल्लास्थित खाद्य अधिकार सञ्जाल, गैरसरकारी संस्था महासंघ, बार एसोसिएसन, नागरिक समाज, पत्रकार महासंघ, मानव अधिकार समूह लगायतका सरोकारवालाले जिल्लाका १० वटै पालिकामा सुझावपत्र पठाएर खाद्य सुरक्षालाई ध्यान दिन आग्रह गरेका हुन् ।

चीनसँगका नाका बन्द हुँदा कर्णालीका उत्तरी क्षेत्रमा खाद्यान्न संकट

कोरोना संक्रमणका कारण चीनसँगका सीमा नाका बन्द हुँदा कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । लामो समयको बन्दाबन्दी (लकडाउन)का कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै सहुलियतको खाद्यान्न पठाउन पाएको छैन् भने दैनिक उपभोग्य वस्तु खरिद गर्ने नजिकका चीनका बजारहरू बन्द हुँदा उत्तरी क्षेत्रका जनताहरू खाद्य संकटमा परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्