१५ मंसिर २०८१ शनिबार
image/svg+xml

भोजपुरमा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंक लिमिटेडले भोजपुको साल्पासिलिछोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमकाबीच ५७औं शाखा सञ्चालनमा ल्याएको हो।

भोजपुरका ग्रामीण भेगमा यातायात ठप्प

एक साता देखि लगातार वर्षात भएपछि भोजपुरका ग्रामीण भेगमा सञ्चालन हुँदै आएको यातायात सेवा ठप्प भएको छ।

भोजपुर साक्षर जिल्ला घोषणा

भोजपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। एक कार्यक्रमका बीच प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

दुई स्रष्टालाई भोजपुरको सम्मान

बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ स्रष्टा गणेश रसिक र युवा स्रष्टा तथा समालोचक पूर्ण इन्फादालाई सन् २०१७ को ‘भोजपुर प्रतिभा सम्मान’ तथा ‘पुरस्कार’ प्रदान गरेको छ।

मैथिली र भोजपुरीमा शपथ खाने बढी, पहिलो अधिवेशन माघ २१ गते

दुई नम्बर प्रदेश सभाका सदस्यहरूले आइतबार जनकपुरमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जनकपुर उद्योग वाणिज्य संघको राजर्षीजनक सभागृहमा आयोजित समारोहमा यस प्रदेशका सबै १ सय ७ सदस्य सहभागी भए।

भोजपुरबाट माओवादी नेता किराँती १३ हजार मत अन्तरले विजयी

प्रतिनिधिसभा सदस्यमा भोजपुरको वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदन किराँती ३४ हजार ३९४ मत ल्याई विजय भएका छन्।

भोजपुरका सबै क्षेत्रमा बाम गठबन्धन

प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादीका सुदन किरातीले विजय हात पारे संगै भोजपुरका सबै क्षेत्रमा बाम गठबन्धनले जित हात पारेको छ । मंसिर १० गते सम्पन्न भएको पहिलो चरण अन्तरगत प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनमा बाम गठबन्धनले कब्जा गरेको हो ।

भोजपुरबाट प्रदेश सभामा राजेन्द्र राई विजयी

भोजपुरको  प्रदेश सभा क मा नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार राईले लोकतान्त्रिक गठबन्धनका अजम्वर काङमाङ राईलाई पराजित गरेका हुन् । जम्मा ३४ हजार ९ सय ५८ मत खसेकोमा राजेन्द्रकुमार राईले १९ हजार २ सय ९७ मत ल्याएका हुन् ।

भोजपुर प्रदेशमा शेरधन राई विजयी

भोजपुर प्रदेश ख मा नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयको आधिकारिक घोषणा भने गर्न वाँकी छ । शेरधन राईको यो जित भोजपुरमा ३ पटक हो ।

भोजपुरमा प्रतिनिधिमा लोकतान्त्रिक र प्रदेशमा वाम गठबन्धन अगाडि

पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको प्रारम्भिक मतगणना अनुसार प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । भने प्रदेश सभामा वाम गठबन्धनले अग्रता लिएको छ।

भोजपुरमा टाइम वम विस्फोट पछि दोहोरो भिडन्त, दुई प्रहरी घाइते

भोजपुरमा दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो। टाइमबम समेत पड्किएको छ। टाइम वमको छर्रा लागेर एक जना घाइते भएका छन्।

भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति

भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ।  आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो। घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा सल्केको आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

भोजपुरका उम्मेदवारलाई अंगरक्षक

पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा (ख)का वाम गठबन्धनका उम्मेद्वार शेरधन राईको गाडिमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। विहान जिल्ला प्रहरी कार्यालय भोजपुरमा भएको छलफलपछि राजनैतिक दलको कार्यक्रम र उमेदवारको सुरक्षालाई थप कडाइ गर्ने निर्णय भएको हो। जिल्लास्थित राजनैतिक दल, उम्मेदवार र सुरक्षा निकायबीच छलफल भएको थियो।

यस्ता छन् पाँचथर–भोजपुरका उम्मेदवार

मंसिर १० गते हुने केन्द्र–प्रदेशको निर्वाचनमा प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला पाँचथर र भोजपुरबाट दलका हेभिवेट उम्मेदवार प्रतिस्पर्धामा छन् । केन्द्रीय र प्रादेशिक राजनीतिमा ‘पकड’ राख्न दलहरूले चुनावी प्रतिस्पर्धामा धेरै पुराना र केही नयाँ अनुहार प्रतिस्पर्धामा उतारेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्