बैठकभत्ताबाट बालबालिकालाई पोसाक
भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छन्।
भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छन्।
भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ।
भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ। समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो।
भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ।एक सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेका छन्।
भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ। निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ।
मेटलाइफले भोजपुर नगरपालिकाको तालिमहलमा ८० भन्दा बढी सहभागीलाई बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रूपमा मिनी टिलरको प्रयोग गर्न थालिएको छ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ।
पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन्। यहाँको पौवादुङमा गाउँपालिका–५ सानो दुम्माका दुई जनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।
भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन्। लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन्। कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ।
भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन्। खुर्सानी स्थानीय बजारमा प्रतिकिलो दुई सय ५० देखि तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ।
पहाडी जिल्ला भोजपुरमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा वृद्धि हुँदै गएको छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन्। बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन्।