१२ आश्विन २०८१ शनिबार
image/svg+xml

दाहाललाई फकाउने ओलीको प्रयास निरन्तर असफल

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश वाहकका रूपमा गएका दुई नेता शंकर पोखरेल र सुवास नेम्वाङलाई कार्यकारी अध्यक्ष दाहालले विवादको विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहीँबाटै निर्णय हुने बताएका थिए।

नेता नेपालको चेतावनीः अध्यक्षद्वयले आफूलाई सुप्रिम नठान्नु

नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् ।

दाहाललाई बोलाएर ओलीले राखे सहकार्यको प्रस्ताव

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ ।

दाहालको अडानले दबाबमा ओली

‘सबैले बैठकमै आ–आफ्ना कमीकमजोरी र अहंकारबारे धारणा राखौं। कमजोरी कहाँकहाँ भयो, खोजौं। बैठक नै नबस्ने, कुराकानी नै नगर्ने, एकपछि अर्को कमजोरी गर्दै जाने हो भने समस्या समाधान हुँदैन,’ वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

दाहालको व्यवहारले बिच्किए नेपाल

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन एकलौटी ढंगले छापेर पार्टीको तल्ला तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन्। जवाफमा दाहालले आफू सो कदम सच्याउन तयार रहेको बताएका छन्।

ओलीमाथि दाहालको प्रहार

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने, नवउदारवादी पुँजीवादलाई पछ्याउने व्यक्ति भएको आरोप लगाएका छन्।

‘दाहालले बेग्लै पार्टी चलाएको ओलीको आरोप’

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले कर्णालीको विवाद समाधानका लागि अग्रसरता लिएका थिए। प्रधानमन्त्री ओलीले सरकार हेर्ने र दाहालले पार्टी हेर्ने जिम्मेवारी बाँडफाँट भएपछि दाहालले कर्णालीमा देखिएको विवाद समाधान गर्न भनेर दुवैतर्फका नेताहरूलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए।

ओली, दाहाल र देउवाले ९ अर्ब खाए: भट्टराई

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।

दाहाल असन्तुष्ट

मन्त्रिपरिषद् बैठकले बेलायत र अमेरिकाको राजदूतमा क्रमशः लोकदर्शन रेग्मी र डा. युवराज खतिवडालाई नियुक्त गर्नेगरी सिफारिस गरेपछि दाहालले असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसँग पूर्वनिर्धारित भेट रद्द गरेका छन्।

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए, कसको भागमा कुन?

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।

ओली–दाहालका आ–आफ्नै दाउपेच

बिहीबारदेखि मंगलबारसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको घन्टौंको छलफलमा दुवै पक्षले एकअर्कालाई मापदण्ड तयसम्बन्धी आ–आफ्ना धारणामा सहमत गराउन सकेका छैनन्।

मन्त्रालय भागबन्डामा खटपट

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पूर्वएमाले समूहले लिएका केही मन्त्रालय पूर्वमाओवादी केन्द्र समूहलाई दिनुपर्ने विषयमा कुराकानी चलाएपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सहमत हुन सकेका छैनन्।

मन्त्रिपरिषद् पुनर्गठन गर्न दुई अध्यक्ष सहमत

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन्।

दाहालको परीक्षा सुरु

पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो।

दाहालको आत्मसमर्पण कि सम्झौता !

दाहाल समूहका नेताहरूले पनि ओलीले अल्मलाउन यस्तो गरेको हुनसक्ने र दाहाल कहीँकतै मौखिक समझदारीमा अल्मलिएका हुन् कि भन्ने आशंका गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्