११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छः अध्यक्ष दाहाल

बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएकाे बताएका हुन्।

कुसूचनाको भूमरीमा एमसिसी

नेपाली कांग्रेस एउटा मात्र दल हो जो यसलाई पारित गर्नुपर्छ भन्ने पक्षमा छ। तर गठबन्धनमा रहेका दलहरूलाई यसमा सहमत गराउन कांग्रेसका निम्ति फलामको च्युरा चपाउनु सरह हुन सक्छ। त्यही भएर यसलाई सजिलै अगाडि बढाउने अवस्थामा सरकार देखिएको छैन।

एक/दुई दिनभित्रै सर्वोच्चको समस्या समाधान नभए राजनीतिक रुपमा हल गरिने: प्रचण्ड

प्रचण्डले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए।

सर्वोच्चमा देखिएको समस्या एक-दुई दिन भित्रै समाधान हुन्छ: प्रचण्ड

अध्यक्ष दाहालले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको बताए।

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन्।

प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेल पर्यटनमा तरङ्ग

अध्यक्ष प्रचण्डले जीपलाइन खेलेपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए। अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्नेगरेको छ। यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ।

ओली गणतन्त्र उल्ट्याउन खाेजे: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन्।

ओलीले गरेको टिप्पणीप्रति संकेत गर्दै दाहालले भनेः प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस्

“प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस्।” एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको उनको भनाइ थियो। उनले भने, “मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब। म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि।”

माओवादीले देशको भविष्य निर्माण गर्छः प्रचण्ड

माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु बन्ने बताएका हुन्।

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ: प्रचण्ड

उनले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको उल्लेख गरे। दाहालले भने, 'राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन।'

निर्वाचनको समयमा गरेका वाचा पूरा गर्दै अगाडि बढेकाे छुः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताएका छन्।

माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरियोः अध्यक्ष दाहाल

जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए। माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्