११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल

नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न आग्रह गरे।

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अगाडि बढिरहेको छ: दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताएका छन्।

भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउन आवश्यक छः दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताएका छन्।

आगामी निर्वाचन सामान्य नभई अधिकार प्राप्तिको लडाइँँ हो: अध्यक्ष प्रचण्ड

सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उनले अहिले पनि संविधानलाई मास्न र उपलब्धिलाई समाप्त पार्न कतिपय शक्ति लागि परेकाले त्यसको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने अभियानका रूपमा निर्वाचनलाई लिनुपर्ने बताए।

लोडसेडिङ मुक्त गराएको प्रचण्डको दाबी

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको बताएका छन्। उनले त्यसवेला काम गरेकाले अहिले विद्युत् निर्यात गर्ने अवस्थामा पुगिएको दावी गरे।

भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन्।

ओली र दाहाल मात्र प्राथमिकतामा

चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटका निम्ति दुईवटा कम्युनिस्ट पार्टीका दुई नेतालाई मात्र प्राथमिकतामा राखिएको छ।

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।

गठबन्धन फुटाउने खेल रोकिएको छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलिय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्।

कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैनः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन्।

निर्वाचनमा तालमेल हुने वा नहुने कांग्रेसको हातमा छः अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताएका छन्।

जनयुद्धका घाइतेको स्वास्थ्योपचारमा ध्यान देउः अध्यक्ष दाहाल

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उनले घाइते/अपाङ्ग योद्धाका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ: दाहाल

मैले प्रधानमन्त्रीलाई भनिसकेको छु, ‘पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ।’ नेपाली कांग्रेसमा स्थानीय तह चुनावमा तालमेल हुने दहालको भनाई छ।

निर्वाचनमा कसैको वैसाखी टेक्दैनाैँ

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव हुने दिन बिहान पनि चुनाव हुन्छ कि हुन्न भन्ने बहस नेपालमा भइराख्ने भन्दै दाहालले थपे, ‘तर म प्रस्ट भन्न चाहन्छु, निर्वाचन हुन्छ तोकिएकै मितिमा।’ उनले निर्वाचन प्रक्रियामा सामेल हुन र त्यसको तयारीमा लाग्न अपिल पनि गरे।

वैशाख ३० गते नै चुनाव हुन्छ, द्विविधामा पर्नुपर्दैनः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुने दाबी गरेका छन्। प्रेस सेन्टर गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले स्थानीय तहको चुनाव वैशाख ३० गते नै हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्