८ मंसिर २०८१ शनिबार
image/svg+xml

कोरोना कहर : खाद्य असुरक्षा २३ प्रतिशतमा पुग्यो

कोरोना भाइरस महामारीका कारण खाद्य असुरक्षा बढेर २३ प्रतिशतमा पुगेको एक सर्भेक्षणले देखाएको छ। राष्टञव्यापी रुपमा लकडाउनको एक महिनापछि गरिएको अध्ययनले खाद्य असुरक्षा पहिलेभन्दा ८ प्रतिशत बिन्दुले बढेको देखाएको हो।

खाद्यमा आत्मनिर्भरता: बजेटको संकल्प

कोरोना महामारी र विदेशी थिचोमिचोविरुद्ध जुन राष्ट्रिय एकता देखियो त्यस्तै एकता र अठोट देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चाहिएको छ।

हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गरेका छन्।

खाद्यान्न पसल ११ बजेसम्म मात्र खुल्ने

जुनसुकै ससमयमा खुल्दै आएका खाद्यान्नसहित दैनिक उपभोग्य बस्तु बिक्री गर्ने ताप्लेजुङका बजार पसलमा शुक्रबारबाट बिहानभरमात्र खुल्ने भएका छन् । ताप्लेजुङ उद्योग बाणिज्य संघको बिहीबार बसेको बैठकले तरकारी तथा फलफूल बिक्री हुने पसल बिहान १० बजे अघिसम्म र खाद्यान्न बिक्री गर्ने पसल बिहान ११ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो ।

गण्डकी प्रदेशमा डेढ महिनालाई मात्र खाद्यान्न मौज्दात

मुलुक झन्डै दुई महिनादेखि लकडाउनमा छ । अत्यावश्यक वस्तु भने आपूर्ति भइरहेकै छ । संक्रमणको गति झनै तीव्र भइरहँदा लकडाउन कहिलेसम्म लम्बिने हो, निश्चित छैन । केही गरी संक्रमण अझै डरलाग्दो भएर अत्यावश्यक वस्तुको आपूर्ति पनि रोकियो भने आफ्नै प्रदेशमा उत्पादित र मौज्दात खाद्यान्नले कति समय थेग्ला ?

प्रदेश १ मा खाद्य अवस्था, हचुवा तथ्यांकमा सरकार ढुक्क

लामो लकडाउनले मुलुक ठप्प बनेको दुई महिना बित्नै लागेको छ । कोरोना संक्रमण दर बढ्दै गएका कारण यो अवस्था कति लम्बिने हो, यकिन छैन । उत्पादनमूलक काम ठप्प हुँदा नागरिकको क्रयशक्ति पनि कमजोर बनिरहेको यो बेला खाद्य सामग्रीको जोहोको अवस्था के छ ? खाद्यवस्तुको मौजुदा अवस्थाले बाँकी समय धान्ला ?

कर्णाली प्रदेशमा ३१ दिनका लागि खाद्यान्न मौज्दात

ठूलो भूगोल र थोरै जनसंख्या भएको कर्णाली प्रदेशका १० जिल्लामध्ये छ जिल्ला खाद्यान्नमा परनिर्भर छन् । हुम्ला, डोल्पालगायतका जिल्लाका नागरिकलाई अझै पनि हवाईमार्गबाट खाद्यान्न पुर्याउनुपर्ने बाध्यता कर्णालीमा छ । साविकको कर्णालीका कालिकोट, हुम्ला, जुम्ला, डोल्पा र मुगुका साथै जाजरकोटमा त्यहाँको आवश्कयताभन्दा आधा खाद्यान्न उत्पादन हुन्छ ।

प्रदेश ५ मा ६ महिनालाइ पुग्ने खाद्यान्न मौज्दात

प्रदेश ५ मा ६ महिनासम्मका लागि खाद्यान्नको प्रयाप्त मौज्दात रहेको प्रदेश सरकारले जनाएको छ । लकडाउन लम्बिँदै र संक्रमितको सख्या थपिदै जाँदा खाद्यान्न अभाव हुन सक्नेप्रति सरोकारावालाले चिन्ता व्यक्त गरेका छन् । तर प्रदेश सरकारले भने ६ महिनाका लागि खाद्यान्नको अभाव नहुने जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा दुई महिनापछि खाद्यान अभाव हुने

कोरोना भाइरसको संक्रमणबाट जोगिन देश ५२ दिनदेखि लकडाउनमा छ । लकडाउनका कारण किसानका कतिपय उत्पादन नोक्सानसमेत भएको छ । ढुवानी र आपूर्ति व्यवस्था पनि नियमित हुन सकेको छैन । लकडाउन लम्बिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा अहिलेकै अवस्था रहेमा अवको २ महिनापछि खाद्यान्न अभाव हुने देखिएको छ ।

लकडाउनका कारण समस्यामा परेकाहरुको सारथी बने प्रकाश साउद

लकडाउनका कारण समस्या परेका जो कसैको जस्तो सुकै समस्यामा पनि सहयोग गर्दै प्रकाश साउद समस्यामा परेकाहरुको सारथी बनेका छन् । लकडाउनको सुरुवातदेखि नै समस्या परेकाहरुलाई सहयोग गर्दै आईरहेको नाम हो, प्रकाश साउद । नेपाल चेम्बर अफ कमर्सका सुदूरपश्चिम संयोजक तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष साउदले लकडाउनको सुरुवातमै आफ्नो नाम र नम्बर लेखिएको फ्ल्याक्समा समस्या परे सम्पर्क गर्नु होला भनेर डडेल्धुराका चोकमा झुण्ड्याएका थिए ।

राहत वितरणमा अवरोध

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले नगरवासीलाई सहुलियत दरमा खाद्यान्न, मल, बीउबिजनलगायत सामग्री वितरण गर्दा काँग्रेसका स्थानीय कार्यकर्ताले अवरोध गरेका छन्।

वडा–वडामा सुपथ पसल

दैलेखको गुराँस गाउँपालिकाले लक–डाउनका बेला आफ्ना नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन टोल–टोलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।

‘लकडाउन’को मारमा परेका नगरका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका विपन्न परिवारलाई नगरपालिकाले बैसाख ७ गतेदेखि खाद्यान्न वितरण सुरु गरेको हो ।

असहायलाई खाद्यान्न सहयोग

रौतहटका एक समाजसेवीले लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा असहायलाई खोजी खोजी खाद्यान्न राहत सहयोग गरेका छन्।

‘लकडाउन’को मारमा परेका नगरबासीलाई सहुलियत दरको खाद्यान्न उपलव्ध गराइने

जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’ को मारमा परेका नगरबासीलाई सहुलियत दरमा खाद्यान्न उपलव्ध गराउने भएको छ। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकाक्रममा आव्हान गरिएको ‘लकडाउन’का कारण चर्को मूल्यावृद्धि भएको र कालोबजारी सुरु भएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले नगरबासीलाई वडा–वडाबाट सहुलियत दरको खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्