१३ आश्विन २०८१ आइतबार
image/svg+xml

गण्डकी प्रदेश: निरन्तरको घामपानीले डेंगी संक्रमण थामिएन

गण्डकी प्रदेशमा डेंगी संक्रमितको संख्या ७ हजार ४ सय ८९ पुगेको छ। पछिल्लो दुइदिनको अवधिमा मात्र प्रदेशमा १७ सय ७० जना डेंगी संक्रमित थपिएका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय तनहुँमा डेंगी संक्रमितको संख्या निकै नै बढेको छ। निरन्तरजसो पानी पर्दा प्रदेशमा डेंगी फैलाउन सघाउ पुगेको प्रदेश सरकारको भनाई छ।

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ।

फरक हुन अपांगता र फरक क्षमता

आममानिसले सोच्ने तरिका र बनाउने धारणामा कुनै न कुनै रूपमा सञ्चार माध्यमले प्रकाशन या प्रशारण गरेका सामग्री एवं सूचनाले भूमिका खेलेकै हुन्छ ।

गण्डकी प्रदेशः संसदीय समिति सभापतिमा भागवण्डा

गण्डकी प्रदेशसभाको संसदीय समितिको सभापति भागवण्डा टुंग्याइएको छ। गण्डकी प्रदेशसभामा रहेको चारवटै संसदीय समितिको सभापति भागवण्डामा टुंग्याइएको हो।जस अनुसार सत्तारुढ नेपाली कांग्रेसले दुइ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रले एक–एकवटा संसदीय समितिको सभापति लिनेगरी सहमति भएको हो।

एमाले गण्डकीमा पिएस समूहको वर्चस्व, अध्यक्षमा शर्मासहित पिएस समूहका सबै निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।

गण्डकी प्रदेशमा डेंगीः अहिलेसम्मकै बढी संक्रमित

असोज ८ गतेसम्म तनहुँमा डेंगी संक्रमितको संख्या १७ सय १४ थियो । त्यो संख्या मंगलबार (८ दिनपछि) ३३ सय ५३ पुगेको छ। एकसाता अन्तरमा संख्या दोब्बर हुनेगरि तनहुँमा डेंगी संक्रमण तिब्र बनेको छ। तनहुँ सदरमुकाम दमौली सबैभन्दा बढी अहिले डेंगीबाट प्रभावित बनेको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अहिलेसम्म गण्डकी प्रदेशमा सबैगरि डेंगी संक्रमितको संख्या ४ हजार १ सय ७८ पुगेको छ।

एमाले गण्डकी प्रदेश अधिवेशन सुरु, अध्यक्ष ओली आएनन्

नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ। अमरसिंहचौरमा भएको उद्घाटनमा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिएपनि अन्तिम समयमा ओली सहभागी भएनन्।

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन्।

गण्डकीका मुख्यमन्त्री भन्छन्ः क्षतिपूर्तिको लोभमा अस्पतालमा आक्रमण बढ्दैछन्

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सक कुट्ने र अस्पताल तोडफोड गर्ने व्यक्तिलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन्।

कोरला नाका खुल्ने आशा अधुरै

प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमणका बेला तिब्बतसँगको कोरला नाका खुल्ने अपेक्षा गरिएको थियो ।

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिए।

गण्डकी प्रदेशमा पर्यटनको लगानी ५ खर्ब बढी

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र अझै उकासिन सकेको छैन। पछिल्लो समय पर्यटकीय सिजनमा पनि पाहुना नआएको गुनासो व्यावसायीले गरिरहेका छन्। तर, व्यावसायीले पर्यटन क्षेत्रमा लगानी भने वर्षेनी थपिरहेका छन्। गण्डकी प्रदेशको लगानीको आकार हरेकवर्ष तन्किदै गएको व्यावसायीको भनाई छ। गण्डकी प्रदेशको पर्यटन क्षेत्रको लगानी ५ खर्ब रुपैयाँ नाघेको अनुमान छ।

गण्डकीका मुख्यमन्त्री भन्छन्: संविधान माथि प्रहार गर्ने विरुद्ध मिलेर लडौं

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतामा रहेको निराशा र असन्तुष्टीलाई प्रयोग गरेर संविधानमाथि प्रहार गर्नेबिरुद्ध मिलेर लड्नुपर्ने बताएका छन्।

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र पारित

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र पारित भएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगको आईतबार पोखरामा बसेको बैठकले प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८०/८१–२०८५/८६)को अवधारणापत्र पारित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्