लालपूर्जा पाएपछि सुकुम्बासी परिवारमा खुशियाली
जिल्लाको लालबन्दी नगरपालिकाअन्तर्गत रानीगंजस्थित एक मठको जमिनमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारले मोही हक अन्तर्गत शनिबार लालपूर्जा पाएका छन्।
जिल्लाको लालबन्दी नगरपालिकाअन्तर्गत रानीगंजस्थित एक मठको जमिनमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारले मोही हक अन्तर्गत शनिबार लालपूर्जा पाएका छन्।
विज्ञहरुले सरकारले ल्याएको भूमिसम्बन्धि विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने दाबी गरेका छन्।
थापाथली खोलानजिकै सुकुम्बासी बस्तीमा अधिकांश मजदुर बस्छन्। केही महिलाले खाजाघर चलाएका छन् भने केही ठेलामा चटपटे बेच्छन्, अनि केही भने घरायसी कामकाज गर्छन्। कमाइभन्दा खर्च धेरै हुने गुनासो गर्छिन्, सुशीला धिमाल। मोरङकी उनी अहिले श्रीमानसँग थापाथलीस्थित सुकुम्बासी बस्तीमा बसिरहेकी छन्। बिहान– बेलुका खाजाघरमा व्यस्त हुने उनी घरायसी सर–सामानको भाउ निकै बढेको बताउँछिन्। बिहान उठेदेखि बेलुका नसुतेसम्म आवश्यक सामानको भाउ बढ्दा दैनिक जीवनशैलीमा नै प्रभाव पारेको उनले बताइन्। ‘हामीलाई चाहिने अत्यावश्यक वस्तुमध्ये नुन, तेल, ग्यास, तरकारी, दाल, चामल दैनिक नभई हँुदैन, अब यसरी भाउ बढेपछि कसरी बाँच्नु यो काठमाडौंमा ?’ उनले प्रश्न गरिन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जग्गा बाडेर सुकुम्बासी समस्या समाधान नहुने बताएका छन्। मंगलबार सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सुकुम्बासी समस्या समाधान गर्न औधोगिकरणमा जोड दिनुपर्ने बताए।
भूमिहिन सुकुम्बासीले जग्गा कब्जा गरेर निर्माण गरेका घरटहरा स्थानीयले हटाइदिएका छन्। आफूलाई भूमिहिन सुकुम्बासी बताउने व्यक्तिहरुले टीकापुर नगरपालिका–९, खक्रौलास्थित गोविन्दप्रसाद श्रेष्ठको जग्गा कब्जा गरेर घरटहरा निर्माण गरेका थिए।
प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन्। पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए।
वर्षौदेखि भोगचलन गर्दै आएको खेतियोग्य ६१ विगाहा एलानी जग्गा नेपाल सरकारले प्रदेश नं. २ स्तरिय नेपाली सेनाको मध्य पूर्वी हेडक्वाटर निर्माणका लागि हस्तान्तरण गरि दिएपछि बर्दिवास नगरपालिका क्षेत्रभित्र छरिएर वसोवास गर्दै आएका सयौं सुकुम्वासी परिवारको विचल्ली भएको छ।
बर्दिबास नगरपालिका ६ चारघरे टोलका सुकुम्बासी बस्तीका स्थानियहरुले सामूहिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्।
रौतहटको चन्द्रपुर नगरपालिकामा स्थानीय सुकुम्बासीहरुले ताला बन्दी गरेका छन्। नगरपालिका सितले व्यवस्थीत बसोवास आयोगले माग गरेको सिफारीस नदिएको भन्दै सुकुम्बासीहरुले चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज तिमल्सिना सहित अन्य कर्मचारीलाई कार्यालय बाहिर निकालेर मुख्य गेटमै ताला लगाएका हुन्।
नवलपरासी जिल्लास्थित मध्यबिन्दु नगरपालिकाका ३ सय ९ घरधुरी ‘सुकुम्बासी’ बस्ती नउठाउन सर्वाेच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ ।
निर्वाचन आउन ३ दिन बाँकी रहँदा वाम गठबन्धनतर्फका नेकपा एमाले रसुवाका नेताले सुकुम्बासीलाई जग्गा उपलब्ध गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गरी गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमका १२ परिवार सुकुम्बासीलाई बुधबार चार रोपनी ६ आना जग्गा लालपूर्जासहित हस्तान्तरण गरिएको हो ।
बारा क्षेत्र नं. ६ बाट निर्वाचित एमाले सांसद पुरुसोत्तम पौडेलका कारण लालपूर्जा नपाएको भन्दै सुकुम्बासीहरुको एक समूहले शनिवार पौडेलको पुतला दहन गरेका छन्।
मध्यपहाडी लोकमार्गअन्र्तगत म्याङलुङ आठराई सडकखण्डले आफूहरुलाई सुकुम्बासी बनाएको पीडित स्थानीयले गुनासो गरेका छन्। देशकै गौरवको रुपमा निर्माण हुँदै गरेको लोकमार्गको मापदण्ड निश्चत नभई सडकले छोएका जग्गाहरु किनबेच ठप्प हुँदा आफूहरु सुकुम्बासी भएको उनिहरुले बताएका छन्।
सशस्त्र संघर्षका समयमा माओवादीले कब्जा गरेको व्यक्तिको जग्गामा बसेका 'सुकुमवासी' लाई प्रधानमन्त्री पुष्पकमल दाहालले सोही जग्गाको लालपुर्जा बाँडेका छन्। भरतपुर उपमहानगरपालिका वडा नं. १७ मंगलपुरको १२ बिघा जग्गा माओवादीले कब्जा गरेको थियो। त्यसमध्ये तीन बिघा जग्गा त्यहाँ बस्दै आएका 'सुकुमवासी'का नाममा पास गरिएको छ।
आवास पुनर्निर्माणवापत पहिलो किस्ताको रकम पाउन थालेसँगै भक्तपुरका भूकम्पपीडितमध्ये कतिपय परिवारलाई अझै पीडा थपिएको छ। यस्तै एउटा परिवार हो गत वर्षको भूकम्पमा २२ घन्टापछि उद्धार गरिएका बालक सोनिसको परिवार। भूकम्पका बेला ५ महिनाका सोनिस अहिले २ वर्ष पुगिसकेका छन्।