१४ आश्विन २०८१ सोमबार
image/svg+xml

‘अनुशासित बलिङको निरन्तरताले नेपाललाई सफलता’

आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।

सुखद नतिजा ल्याउने नेपालको लक्ष्य

आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्ने नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ।

स्वाभाविक प्रदर्शनबाट जितको चाहना

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सोमबार त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) को सामना गर्दा स्वाभाविक प्रदर्शनका साथ उपाधि जित्न चाहेको बताएका छन्।

आइपिएल अक्सनमा सन्दीप अनसोल्ड

सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँ अक्सनमा किनिएका सन्दीप गत वर्ष पनि अनसोल्ड भएका थिए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीः मल्ल हटाइए,लामिछानेलाई कप्तानी

बुधबार बसेको क्यान बोर्ड बैठकले कप्तान ज्ञानेन्द्रसहित, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई खेलभावनाविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको हो । त्यस्तै क्यानले तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको छ।

सन्दीप ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा

सन्दीपसँगै बंगलादेशका स्पिनर नसुम अहमद र अमेरिकन खेलाडी जसकरण मलहोत्रा पनि सेम्टेम्बर महिनाको ‘प्लेअर अफ दी मन्थ’ को मनोनयनमा परेका छन्।

ओमानविरुद्ध ऐतिहासिक ७ विकेटको जित

नेपालले एकदिवसीय क्रिकेटमा ओमानमाथि पहिलो पटक जित निकाल्दै आफ्ना प्रशिक्षक डेभ ह्वाटमोरको पनि सुखद बिदाइ गरेको छ। ह्वाटमोरले यस शृंखलाअगाडि नै नेपाली टोलीबाट अन्तिम प्रशिक्षण हुने घोषणा गर्दैराजीनामा दिइसकेका छन्।

रोहित र सोमपालको अनुशासित ब्याटिङ

बिर्सनलायक ब्याटिङ इनिङमा रोहितकुमार पौडेल र सोमपाल कामीको साझेदारी प्रेरणाबाट नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा मंगलबार दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

मेयर कप क्रिकेट: सन्दीपको अलराउन्ड प्रदर्शन

आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडाैं मेयर ११ ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशमाथि ९४ रनको जित हात पारेको हो। काठमाडौं मेयर ११ ले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य पछ्याएको बाग्मतीले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्र बनाउन सक्यो।

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उडेका छन्। उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन्।

रुचाइएनन् सन्दीप

नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा कुनै पनि क्लबले खरिद गरेन। बिहीबार चेन्नईमा आइपिएलको २०२१ संस्करणका लागि भएको अक्सनमा कुनै पनि टोलीले सन्दीपलाई खरिद गर्ने इच्छा देखाएनन्।

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन्। यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ।

सन्दीपले बिगबास लिगमा शनिबार पहिलो खेल खेल्दै

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिगबास लिगमा यस सिजनको पहिलो खेल शनिबार खेल्ने भएका छन्।

सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

दसैंको टीकाका दिन बिहानै भावुक हुँदै सन्दीप लामिछानेले भने : मन त नेपालमै छ

दसैंका बेला पनि घर आउन नपाएपछि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने भावुक बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्