१४ आश्विन २०८१ सोमबार
image/svg+xml

दीपक मनाङे जेल बस्न पर्ने कि नपर्ने?

सर्वोच्च अदालतले गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दीपक मनाङे)को मुद्दाको विषयमा निर्वाचन आयोगसँग कारण माग गरेको छ।

हिमपात र वर्षा भएकै छैन, तर, मनाङमा खोला जमेर सेतै (फोटो सहित)

खासमा यो मध्य जाडो हुने समय हो। तर, यस पटकको हिउँदे यामले वर्षाबिना नै डेढमहिना नाघिसकेको छ। मंसिर पछि अधिकांश ठाउँमा वर्षा भएको छैन। वर्षा नभएपनि चिसो भने उत्तिकै छ। हिमाली भेगमा त अधिक चिसोका कारण खोलानालाको पानी नै जमेको छ।

चिसोले पूर्वाधार निर्माणमा समस्या

चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ। चिसो बढेसँगै माथिल्लो मनाङको विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो।

मनाङ मर्स्याङदी जलविद्युतको पिडिए

मनाङ मर्स्याङदी जलविद्युत् आयोजना (१३५ मेगावाट)को प्रवर्द्धक कम्पनी र नेपाल सरकारबीच आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको छ।

एकीकृत समाजवादीका महासचिव भन्छन् : मनाङेको कामबाट सिक्नुपर्छ

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेबाट सिक्नुपर्ने बताएका छन्।

मन्त्री पाउने आशमा मनाङेको पार्टी प्रवेश

नयाँ बन्ने सरकारमा आफू निर्णायक नहुँदा मन्त्री बन्ने अवस्था नदेखेपछि गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले मन्त्री बन्न नयाँ जुक्ति लगाए। पाँच दलीय गठबन्धनको सरकार बन्ने पक्का भएपछि उनी नेकपा एसमा प्रवेश गरेर मन्त्री बन्ने लाईनमा उभिएका हुन्।

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन्।

नार र फू का मतपेटिका सोमबार मात्र ल्याइने

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्ने नार्पाभूमि गाउँपालिका नार र फू गाउँबाट सोमबार मात्र मतपेटिका ल्याइने भएको छ। भौगोलिक कठिनाईका कारण आइतबार मतपेटिका सदरमुकाम चामे झार्न नसकिएको निर्वाचन अधिकारीले बताएका छन् ।

मनाङमा ७१.४७ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशभित्र सबैभन्दा बढी हिमालपारिको जिल्ला मनाङमा मत खसेको जिल्ला निर्वाचन अधिकारीले बताएका छन ।

मुस्ताङ र मनाङमा ५० प्रतिशत भन्दा बढी मत खस्यो

हिमाली जिल्लामा ५० प्रतिशत हाराहारीमा मत खसेको त्यहाँका निर्वाचन अधिकारीले बताएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा ५१ प्रतिशत र अर्काे हिमाली जिल्ला मनाङमा ५५ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन अधिकारी बताएका छन ।

मनाङको फू बाट बिरामी पर्यटकको उद्धार

मनाङको हिमलुङ हिमाल (७,१२६मि) आरोहण गरेर फर्केपछि बिरामी परेका आरोहीको हेलिकप्टरबाट उद्धार गरिएको छ। आरोहण पुरा गरेर फर्केका स्वीडेनका दुइजना आरोहीको उद्धार गरिएको हो। उनीहरुलाई मनाङको माथिल्लो भेग फू (४०८० मि) बाट उद्धार गरि काठमाडौं पठाएको छ।

दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ।

सबैभन्दा कम उम्मेदवार मनाङमा

निर्वाचन आयोगले सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र मनाङ रहेको छ।

दसैँ बिदामा आन्तरिक पर्यटकको गन्तव्य मनाङ

विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन्। दसैँको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्